काठमाडौं । जापान सरकारले बनेपा–सिन्धुली–बर्दिवास जोड्ने बिपी राजमार्गको पुनर्निर्माणका लागि १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।
उक्त सहयोग सम्बन्धी सम्झौतापत्रमा बिहीबार अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले हस्ताक्षर गरेका हुन् । १६० किलोमिटर लामो बिपी राजमार्गको ठाउँ ठाँउमा २०७२ सालको भूकम्पले क्षति पुगेको थियो । त्यसैको मर्मतको लागि उक्त रकम खर्च गरिने छ ।
भूकम्पले बीपी रागमार्गको २० ठाउँमा क्षति पुर्याएको र त्यसको पुनर्निर्माणको काम अब छिट्टै सुरु हुने जनाइउको छ । राजमार्गलाई पाँच भागमा बाँडेर पुनर्निर्माणको काम सम्पन्न तयारी गरिएको छ ।
कार्यक्रममा नेपालका लागि जापानी राजदूत मिसामिचीले जापानले नेपाललाई उपलब्ध गराएको यो रकम हालसम्मकै सबैभन्दा ठूलोमध्येको एक अनुदान सहायता भएको जानकारी दिए ।

