मारुती सुजुकीले आफ्नो चर्चित ओम्नी भ्यानको प्रडक्सन सन् २०२० बाट बन्द गर्ने जनाएको छ । सन् १९८५ देखि भारतीय बजारमा एकछत्र राज गरेको ओम्नी कार्गो भ्यान र मानिस बोक्ने दुबै प्रयोजनको लागि उत्पादन हुँदै आएको थियो । भारत सरकारको नयाँ सेफ्टी र प्रदुषण मापदन्ड अनुसार उत्पादन गर्न नसक्ने कम्पनीले जनाएपछि बन्द हुन लागेको हो ।
मारुती सुजुकी इन्डियाका चेयरम्यान आरसी भारर्गबले भारतीय मिडिया कार एन्ड बाइकसँग कुरा गर्दै भने ‘भारत सरकारको नयाँ सेफ्टी नियम र इमीसन मापदन्डले गर्दा हाम्रा केही मोडलहरु बन्द गर्नुपर्ने भएको छ, ती मोडल मध्य मारुती ओम्नी एक हो ।’
‘जसरी हाम्रो लागि मारुती ८०० एउटा निकै महत्वपूर्ण मोडल थियो र पनि हामीले बन्द गर्नु पर्यो त्यस्तै ओम्नीपनि हामीले बन्द गर्नुपर्ने अबस्था आएको छ’ भारर्गबले भने ।
कम्पनीले २०२० अप्रिल १ बाट ओम्नीको उत्पादन बन्द गर्ने अनुमान गरिएको छ । सोही समयबाट भारत इमिशन स्टायडर्ड ६ लागु हुने छ । अहिलेसम्म भारतीय बजारमा १ करोड ७० लाखभन्दा बढी ओम्नी भ्यान बिक्री भएको छ ।


