दिपावलीमा उपहार स्वरुप कर्मचारीलाई ६ सय कार

काठमाडौं । असत्यमाथि सत्यको बिजय, अज्ञानता माथि ज्ञान र आध्यात्मीक जीतको उपलक्ष्यमा मनाईने दिपावलीलाई लक्षित गर्दै विभिन्न कम्पनीले आफ्ना कर्मचारीलाई उपहार प्रदान गर्ने गर्छन् ।

यसैबीच डायमन्ड व्यापार गर्दै आएका भारतका अर्बपति ब्यापारी शिवजी ढोलकियाले आफ्ना कर्मचारीलाई दिपावलीको उपहार स्वरुप ६ सय मारुती सेलेरियो र रेनो क्विड प्रदान गरेका छन् ।

भारतको सबैभन्दा ठुलो हिरा कम्पनी हरे कृष्ण एक्सपोर्टका संचालक ढोलकियाले कम्पनीका वास्तविक सम्पती नै कर्मचारीको भएको बताउँदै उनीहरुको इमान्दारिता लगनशीलता र मेहनतलाई आधारमान्दै उपहार प्रदान गरेको बताएका छन् । 

यसअघि देखिनै उनले कामदारलाई घर, फ्लाट र कार उपहारको रुपमा दिदै आएका थिए । केही महिना अगाडि मात्रै उनले कम्पनीमा २५ वर्ष पुरागरेका कर्मचारीलाई मसिर्डिज बेन्ज दिएका थिए ।  

अघिल्लो वर्षजस्तै यो वर्षको दिपावलीमा उनले गुजरातमा आयोजित स्किल इन्डिया इनिसेटीभ कार्यक्रममा कर्मचारीलाई कार बितरण गरेका हुन् । 

यस वर्ष उनले आफ्ना ६०० कर्मचारीलाई कार उपहार दिएका छन् । उक्त उपहार वितरण कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको विशेष उपस्थिती रहेको थियो । मोदीले चार कामदारलाई कार हस्तान्तरण गरेका थिए । 

यो वर्ष उनले कुल १७ सय हिरा आर्टिस र इन्जिनियरलाई कार उपहार दिएका छन् । कम्पनीमा करिब ५ हजार ५ सय कर्मचारी रहेका छन् जसमध्ये ४ हजारले यसअघिको दिपावलीमा विशेष उपहार पाइसकेको उनले बताए ।  उनले सन् २०१५ बाट कर्मचारीलाई महङ्गा उपहार दिन थालेका हुन् । 


Back_to_top