नेटा-भीमा पाइने ६ उत्कृष्ट फिचर, जसले प्रतिस्पर्धी भन्दा पृथक बनाउँछ

काठमाडौं । नेपाली बजारमा सिजी मोटर्सले आयात गरी बिक्री वितरण गर्दै आएको विद्युतीय सवारीसाधन नेटा–भी नेपालमा राम्रो संख्यामा बिक्री हुँदै आएको छ । चीन र थाइल्याण्ड जस्ता एशियाली बजारमा राम्रो बिक्री पाएको नेटा भी केही खास फिचरहरुले भरिपूर्ण रहेको छ ।

नेटा–भी एक क्रसओभर मोडल हो । सानो साइज, फिचर लोडेड भएको कारण यसले उपभोक्ताको मन जित्दै आएको छ । नेटा–भीमा रहेका सेग्मेन्ट लिडर ६ फिचरलाई यहाँ हामीले प्रस्तुत गरेका छौं ।

प्योर ईभी प्लेटफर्म

अहिले बजारमा उपलब्ध धेरैजसो ईभीहरु आईसी इन्जिन प्लाटफर्ममा निर्मित छन् । प्योर ईभी प्लेटफर्ममा बनेका साना कारहरु उच्च पर्फमेन्स दिन सक्षम छन् । नेटा–भी ईभी प्लेटफर्ममा नै बनेकोले यसको ड्राइभिङ नाइनामिक्स, रेन्ज र समग्र पर्फमेन्स उत्कृष्ट रहेको छ ।

सेगमेन्टकै उत्कृष्ट रेन्ज

सुरुमा नेपाल आएपछि निकै राम्रो प्रतिक्रिया पाउनुमा नेटा–भीको रेन्ज मुख्य कारण थियो । नेटा भीमा प्रयोग सीएटीएलले उत्पादन गरेको ब्याट्री ईभी लिडर टेस्लाले समेत प्रयोग गर्दै आएको छ ।

उच्च गुणस्तरको ब्याट्री र एरो–डाइनामिक बडी डिजाइनको कारण नेटा–भीले फुलचार्जमा ३८० किलोमिटर रेन्ज दिन्छ । यसको उच्च रेन्ज भएकै कारण उपभोक्ताले लामो यात्रा पनि ढुक्कसँग गर्न सक्छन् ।

वारेन्टी

नेटाको आधिकारीक बिक्रेता सिजी मोटरले नेटा–भी गाडीमा १० वर्षसम्मको वारेन्टी दिएको छ । ब्याट्री र मोटर दुबैमा ८ वर्षको वारेन्टी दिएको छ । मोटरमा सिजीले दिएको वारेन्टी नेपालमा उपलब्ध ईभीको सबैभन्दा राम्रो वारेन्टी हो ।

हाइ स्ट्रेन्थ स्टील बडी

नेटा भीको बडी ६३ प्रतिशत हाइ स्ट्रेन्थ स्टिलको प्रयोगबाट बनेको कम्पनीको भनाई छ । बलियो स्टीलको प्रयोग भएको हुनाले सामान्य दुर्घटनामा यसको बडीमा खासै क्षती हुँदैन ।

ब्याट्री मेनेजमेन्ट सिस्टम

नेटा भीमा एचइपीटी ३.० ब्याट्री मेनेजमेन्ट सिस्टम रहेको छ । विशेषता नेपालमै पहिलो पटक नेटा भीले लिएर आएको हो । यो प्रविधिले जाडो याम होस् वा गर्मी याम, ब्याट्रीमा एकनासको तपक्रमको ब्यवस्थापन गर्छ ।

नेटा-भीमा प्रयोग भएको यो प्रविधिले ब्याट्रीलाई तात्न वा चिसिन नदिई परफर्मेन्स यथावत राख्ने र ब्याट्रीको आयुपनि बढाउँछ ।

एन ९५ फिल्टर

नेटा भीमा एचइपीए एन-९५ फिल्टरको प्रयोग भएको हुनाले भेन्टिलेशन हुँदै बाहिरबाट भित्र आउने हावामा धुलोका कणका साथै भाईरसहरु समेत गाडी भित्र छिर्न सक्दैनन् । यसले प्रदुसित क्षेत्रमा यात्रा गर्दासमेत यात्रा सुरक्षीत र आरामदायी बनाउन सहयोग गर्छ ।


Back_to_top