काठमाडौं । इन्डियन कार अफ दी इयर २०२४ आवर्ड हुन्डाई एक्सटरले जितेको छ । आइकोटी अवार्ड नामबाट चिनिने उक्त अवार्ड जितेसँगै भारतीय बजारमा एक्सटरको चर्चा पनि बढिरहेको छ ।
यस अवार्डमा हुन्डाई एक्सटरसँगै शिर्ष प्रतिस्पर्धामा मारुती सुजुकी जिम्नी, होन्डा एलिभेट, टायोटा इनोभा हाइक्रस थिए ।
त्यस्तै समारोहमा बीएमडब्लु ७ सिरिजले ‘प्रिमियम कार अफ दी एयर’को अवार्ड जितेको छ । त्यस्तै हुन्डाईकै इलेक्ट्रीक कार आयोनीक ५ लाई ‘ग्रिन कार अफ दी इयर’को अवार्ड प्रदान गरिएको थियो ।
भारतीय बजारमा गत वर्ष सिट्रोन सीथ्री, होन्डा एलिभेट, हुन्डाई एक्सटर, हुन्डाई भर्ना, महिन्द्रा एक्सयूभी ४००, मारुती सुजुकी जिम्नी, एमजी कोमेट, टोयोटा इनोभा हाइक्रस जस्ता गाडीहरु लन्च भएका थिए ।
आइकोटी अवार्डको जुरीमा भारतका प्रतिष्ठीत मिडियामा रहेको अटो पत्रकारहरु रहने गर्छन् । उनिहरुको भोटको आधारमा उत्कृष्ट छनोट हुने गरेको छ । अघिल्लो वर्ष किया कारेन्सले उक्त अवार्ड जितेको थियो ।


