काठमाडौं । बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर १५० ट्वीन डिस्क नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
पल्सरको १५० रेगुलर मोडलको तुलनामा केही महंगो रहेको ट्वीन डिस्क पछिल्लो समय निकै चर्चित बन्दै गएको बजाजको लागि नेपालको आधिकारी वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले जनाएको छ ।
कम्पनीले नेपाली बजारमा रेगुलर मोडलको बिक्री २ लाख ४९ हजार ९००मा गरिरहेको छ भने, ट्वीन डिस्कको मूल्य २ लाख ५९ हजार ९०० रहेको छ ।
बजाजले ल्याएको चाडपर्व अफर अन्तर्गत मोटरसाइकल किन्ने ग्राहकले स्क्याच कुपन मार्फत कम्तिमा ६ हजारदेखि एक लाखसम्म जित्न सक्ने छन् । साथै, पकेटफुल योजना अन्तर्गत ५ लाखसम्म जित्ने मौका प्रदान गर्ने कम्पनीले जनाएको छ ।
ट्बीन डिस्क मोडल २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न तीन कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ ।
बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ । नयाँ बजाज पल्सर १५० टिडिमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आर्कषीत गर्न बाइकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ ।
एचएच बजाजका अनुसार युवा पुस्ता लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट राखिएको छ भने स्प्लीट ग्रेव रेल, आल्मुनियम फिनिस फुटपेज राखिएको छ । स्वीङआर्म पहिलेको भन्दा थोरै मोटो दिइएको छ भने यसको ह्वील बेस समेत बढाइएको छ । यसमा दिइएको पछाडिको टायर मोटो रहेको छ । १२९ एमएमको रियर टायर दिइएको छ । बाइकमा मस्कुलर लूक दिइएको छ ।
पल्सर १५० ट्वीन डिस्कमा १४९.५ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ । यसमा १५ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ । ५ गिएरमा उपलब्ध रहेको छ ।
पल्सर १५० ट्वीन डिस्कमा अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ ।

