काठमाडौं । बीवाइडीले आफ्ना सबैजसो मोडलमा अपडेट भर्सन लन्च गरिरहेको छ । कम्पनीले पछिल्लो समय इन्टरनेशनल मोडल एटो-३ (युवान प्लस) को मूल्य ११.७८ प्रतिशतले घटाएको हो ।
कम्पनीले एटो-३ को अनर एडिशनको मूल्य रेगुलको तुलनामा २ हजार २ सय अमेरिकी डलरले कम गरेको हो । अब चीनमा एटो-३ को वेस भेरियन्टको मूल्य १६ हजार अमेरिकी डलर कायम भएको छ ।
सन् २०२२ को फेब्रुअरीमा सार्वजनिक भएको इलेक्ट्रीक एसयूभी एटो-३ बीवाइडीको तेस्रो जेनेरेशनको ‘अल इलेक्ट्रीक ई प्लेटफर्म’मा बनेको हो । कम्पनीले सन् २०२३ सेप्टेम्बरमा च्याम्पीयन एडिशन बजारमा ल्याएको थियो ।
एटो-३ को अनर एडिशनमा कालो कलरले सजिएको एक्सटेरियर र इन्टेरियर पाउन सकिन्छ । अघिल्ला एडिशनहरुमा रहेका क्रोम एलिमेन्टसहरु सबै कालो बनाइएको छ ।

यसमा अपग्रेटेड कन्टीन्यूवस भ्वाईस कलिङ सपोर्ट ककपिट प्रयोग गरिएको छ । यसअघिको १२.८ इन्चको रोटरी स्कृनको सट्टा नयाँ इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । डिलीङ्क ४.० इन्टेलीटेन्ट सिस्टम सहितको १५.६ इन्चको फ्लोटिङ टच स्कृन पाउन सकिन्छ ।
नयाँ एडिशनमा कम्पनीले हिटपम्प सिस्टम पनि अपग्रेड गरेको जनाएको छ । यसलाई पनि कम्पनीले च्याम्पीयन एडिशन जस्तै ४९.९२ किलोवाटको ब्याट्री प्याक दिएर ल्याएको हो ।
यसअघि पनि बीवाइडीले डल्फिन, हान, ट्याङ, सोङप्लस, सिल लगायतका मोडलमा नयाँ एडिसन लन्च गर्दै मूल्य घटाएको थियो ।
नयाँ एडिशन अन्तर्राष्ट्रिय बजारमा कहिलेबाट उपलब्ध हुन्छ भन्ने विषयमा कम्पनीले आधिकारीक जानकारी गराएको छैन ।

