म्याक्ससद्धारा पाढीपीडितलाई ७० लाख सहयोग

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको म्याक्सस नेपाल (हिमालय मोटोक्स प्रालि)ले भोटेकोशी बाढी पीडितिको ७० लाख रुपैयाँ सहयोग गरेको छ ।

साइक म्याक्सस अटोमोटिभ चाइनासँगको समन्वयमा कम्पनीले नेपाल सरकारको राहत तथा उद्धार अभियानमा ऐक्यबद्धता जनाउँदै उक्त रकम बराबरको सहयोग उपलब्ध गराउने भएके हो ।

कम्पनीका अनुसार घोषित ७० लाख रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ । जसले सरकारमार्फत सञ्चालन हुने पुनस्र्थापना तथा पुनर्निर्माणका कार्यमा सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ ।

बाँकी २० लाख रुपैयाँ भने प्रत्यक्ष राहतका लागि खर्च गरिने म्याक्सस नेपालले जनाएको छ । सो रकमबाट अत्यावश्यक राहत सामग्रीहरू खरिद गरी स्थानीय सरकार र विभिन्न सामाजिक संस्थाहरूसँगको समन्वयमा सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा वितरण गरिने योजना रहेको छ ।

राहत सामग्रीको प्रकृति र वितरण प्रक्रियाका लागि हाल सम्बन्धित निकायहरूसँग छलफल भइरहेको र तयारी पूरा भएपछि वितरणको समयतालिका सार्वजनिक गरिने कम्पनीको जनाएको छ ।

यो पहल म्याक्सस नेपाल र साइक म्याक्ससको नेपाली जनताप्रतिको सामाजिक उत्तरदायित्व र दीर्घकालीन प्रतिबद्धताको प्रतीक रहेको कम्पनीले जनाएको छ ।

संकटको यस घडीमा व्यावसायिक सम्बन्धभन्दा माथि उठेर समुदायको साथमा उभिनु आफ्नो कर्तव्य रहेको उल्लेख गर्दै म्याक्सस नेपालले राहत वितरण कार्यलाई अत्यन्त पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीले बाढीबाट ज्यान गुमाउनेहरूका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र प्रभावित क्षेत्रको सुरक्षित पुनस्र्थापनाको कामना समेत गरेको छ ।


Back_to_top