नागढुंगा-मुग्लिनसहित आधादर्जन सडक अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण संघीय राजधानी काठमाडौं जोड्ने लाइफलाइन नागढुंगा मुग्लिनसहित आधादजर्न मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार शुक्रबार बिहानसम्म कोशी र बागमती प्रदेशका मुख्य ६ सकड बन्द रहेका हुन् ।

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण लेदो थुप्रिँदा नागढुंगा मुग्लिन सडक ३ दिनदेखि बन्द छ । बैरेनीदेखि गलौंदीसम्मको १३ किमी सडकमा लेदो थुप्रिएकाे छ । अस्ति रातिदेखि नै १ दर्जन बढी उपकरण प्रयोग गरी लेदो पन्छाउने काम भइरहे पनि अझै सकिएको छ ।

बाढीका कारण त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी सडक पनि पूर्ण रुपमा बन्द भएको छ । साथै रसुवाका अन्य मुख्य सडकहरु पनि बन्द छन् । बेत्रावती पुल बगाएसँगै रसुवा सडक संजालसँग बिच्छेद भएको छ ।

अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । इलामको राजदुवालीमा सडक भासिँदा झापादेखि ताप्लेजुङसम्मको सडक गत असार १ गतेदेखि बन्द भएको छ ।

त्यस्तै, सम्भावित बाढीपहिरोको कारण बीपी राजमार्गको काभ्रे खण्डमा बाढीको सम्भावनाका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।

सम्भावित बाढी पहिरोको कारण कान्ति लोकपथको हेटौंडा ठिंगन ललितपुर खण्डमा बेलुका ५ बजेदेखिख बिहान ५ बजेसम्म सवारी संचालनमा रोक लगाइएको छ ।


Back_to_top