काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले धादिङको सदरमुकाम धादिङबेँसी जाने त्रिशूलीमाथिको पुल बगाएको छ ।
बुधबार बिहान चीनतर्फबाट आएको बाढीले पृथ्वी राजमार्गबाट धादिङ जोड्ने फुर्केखोला पुल बाढीले बगाएको हो।
यससँगै त्रिशूलीपारीका धादिङका बासिन्दाको काठमाडौंसँगको सीधा सम्पर्क टुटेको छ ।


