काठमाडौं । हुन्डाईले भेन्यूको मिड स्पेकलाई एक्जुकेटीभ भेरियन्ट नाम दिएर बजारमा ल्याएको छ । भारतीय बजारमा ९ लाख ९९ हजार रुपैयाँ एक्स शोरुम मूल्य राखेर लन्च गरेको हो ।
भारतमा निकै राम्रो सफलता पाएको भेन्यू सबकम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध रहेको छ । भेन्यू नेपाली सडकमा पनि सफल मोडल मानिन्छ । नयाँ एक्जुकेटीभ भेरियन्टमा १.० लिटर, टर्बो पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १२० हर्सपावर उत्सर्जन गर्छ । यसमा ६ स्पीड म्यानुअल गियरबक्स दिएको छ ।
नयाँ भेरियन्टमा १६ इन्चको ड्यूल स्टाइल ह्वील, रबर र डार्कक्रोम भएको फ्रन्ट ग्रिल तथा टेलगेट र रुफरेलमा एक्जुकेटिभको व्याजिङ प्रयोग भएको छ ।
क्याविनमा २ स्टेप रिक्लाइन तथा स्प्रील फोल्डीङ रियर सिट, ८ इन्चको इन्फोटेन्मेन्ट टचस्कृन, वायरलेस एण्ड्रोइड अटो तथा एप्पलक कार प्ले पाउन सकिन्छ । साथै, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, क्रूज कन्ट्रोल, रियर एसी भेन्टी, रियर वाइपर पनि दिइएको छ ।

