जेसिट्का स्कुटरमा ३० हजार नगद छुट

काठमाडौं । इलेक्ट्रीक स्कुटर बिक्रेता कम्पनी विवेक अटोमोवाइल्सले जेसिट् इलेक्ट्रीक स्कुटरमा ३० हजार नगद छुटको स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा जेसिट्का दुई मोडलका स्कुटर बिक्री गर्दै आएको छ ।

कम्पनीले नेपालमा बिक्री गर्ने जेसिट् जी १ र राया जीमा फ्ल्याट ३० हजार नगद छुट दिने स्कीम ल्याएको हो ।

दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइल्सले रोयल इनफिल्ड तथा भेष्पा अप्रिलिया जस्ता ब्राण्डको डिलरशिप गुमाएसँगै जेसिट् स्कुटर नेपाल भित्र्याएको थियो । जेसिट् इन्डोनेशियन ब्राण्डको इलेक्ट्रीक स्कुटर हो ।

कम्पनीले हाल नेपालमा जी १ को दुई मोडल उपलब्ध गराउँदै आएको छ । दुई ब्याट्री अप्सनमा आउने यो स्कुटरको सिंगल ब्याट्रीको मूल्य ३ लाख ४९ हजार ९०० र डबल ब्याट्रीसहितको मूल्य ४ लाख ९ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै राया जीसमेत दुई ब्याट्री अप्सनमा उपलब्ध छ भने, सिंगल ब्याट्रीको मूल्य ३ लाख २० हजार र डबल ब्याट्रीसहितको मूल्य ३ लाख ८० हजार रुपैयाँ रहेको छ ।

कम्पनीले नक्सालमा शोरुम स्थापना गरेर जेसिट् इलेक्ट्रीक स्कुटरको बिक्री गर्दै आएको छ ।

नेपालमा दुई पाङ्ग्रेले गति लिन नसकेको अवस्थामा जेसिट् स्कुटर नेपालमा हालसम्म १४४ यूनिटमात्र आयात भएको तथ्याङ्कले देखाउँछ ।


Back_to_top