काठमाडौं । काठमाडौं लेजेन्ड्सको आयोजनामा हुन लागेको मनाङ मेनियामा भाग लिन सीएफ मोटोका एटीभी मनाङ प्रस्थान गरेको छ ।
अफरोड एड्भेन्चर तथा डेजड सफारीमा प्रयोग गरिने एटीभी लिएर दुई राइडर मनाङ प्रस्थान गरेको हुन् ।
मार्च ८ देखी सुरु हुने मनाङ मेनियामा एटीभी राइडर समेत सहभागी हुने भएका छन् । विशेष गरी रोयल इनफिल्डका राइडरहरु मात्र सहभागी हुने यो राइडमा दुई जना एटीभी राइडर सहभागी भइरहेको आयोजकले जनाएको छ ।
अफरोड एड्भेन्चरको लागि एकदमै सम्भावना भएको मनाङमा आयोजना हुन लागेको मनाङ मेनियाले आन्तरिक पर्यटन तथा मोटरसाइकल टूरिङमा थप टेवा पुर्याउने आयोजको भनाई छ ।
सीएफ मोटोको नेपालका लागि आधिकारिक वितरक रिशी ट्रेड सेन्टरले एटीभीहरु विक्री गर्दै आएको छ ।
नेपालमा सन् २०१९ मा आयोजना भएको नाडा अटो शोमा कम्पनीले आफ्नो पहिलो मोडल जेड फोर्स ५०० ईएक्सलाई भित्र्याएको थियो । कम्पनीले हाल जेड फोर्स ८०० र सी फोर्स ५२० एल मोडलको समेत बिक्री गर्दै आएको छ । नेपालमा हाल पोखरा, मुस्ताङ, इलाम, नगरकोट र काठमाण्डौं आशपासका विभिन्न रिसोर्टहरुमा क्वाड बाइकको मज्जा लिन सकिन्छ ।


