अन्तर्राष्ट्रिय महिला दिवसमा मोटरसाइकल र्‍याली

काठमाडौं । मोटर स्पोर्टस्मा महिलाको समान सहभागिता मुख्य नाराका साथ ११४ औं महिला दिवस मनाइएको छ । विमा नेपाल र नासा नेपाल महिला कमिशनको संयुक्त आयोजनामा बिहीबार मोटर रयली आयोजना भएको हो ।

काठमाडौंको छाउनीबाट सुरु भएको उक्त र्याली काभ्रेपलाञ्चोकको बनेपा पुगेर सम्मपन्न भएको थियो ।

उक्त र्यालीमा ५० भन्दा धेरै मोटरसाइकल तथा स्कुटरमा लेडी राइडहरुको सहभागिता थियो ।

उक्त कार्यक्रमको फ्ल्यागअफ नासाका अध्यक्ष दशरथ रिजासले गरेको थिए भने मोटरसाइकल राइड सम्बन्धि सुरक्षा नियम तथा अनुशासनको बारेमा नासाका सचिव सन्तोष न्यौपानेले जानकारी दिएका थिए ।

महिलाहरुको मनोबल उच्च बनाउन, घरेलु हिसां कम गर्न, समान अवसर र सहभागिता प्रदान गर्ने उद्देश्यले नासा नेपाल अन्तर्गत ड्राइभ टुरिम र मोटर स्पोर्टस् कमिसनले यस्ता गतिविधि विगत १५ वर्षदेखि गर्दै आइरहेको छ ।

सहभागी ५० जना महिला राइडरलाई सम्मान र सहभागिताको प्रमाणपत्र बनेपा नगरपालिका उप मेयर बिमला सापकोटाले प्रदान गरिन् ।


Back_to_top