काठमाडौं । सुरक्षाका कारणपनि मोटरसाइकलक चालकले सकेसम्म फुलफेस हेलमेट नै प्रयोग गर्नु पर्ने विज्ञहरुले बताउँदै आएको छन् । तर, यसको ठिक विपरित फिलिपिन्सको एक सहरमा फुलफेस हेलमेटमा प्रतिबन्ध लगाइएको सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ ।
फिलिपिन्सको दक्षिणी भागमा रहेको बाकोलोड भन्ने सहरमा नगरपालिकाले फुलफेस हेलमेट लगाउन प्रतिबन्ध लगाएको हो ।
उक्त सहरमा फेब्रुअरी २७ मा एक फुलफेस हेलमेट लगाएका ब्यक्तिले भिडभाड भएकौ स्थानमा ग्रिनेट फाल्दा ३ जना गम्भिर घाइते भएका थिए । उक्त कारण नगरपालिकाले फुल फेस हेलमेटमा नै प्रतिबन्ध लगाएको हो ।
उक्त घटनामा संलग्न ब्यक्तिलाई प्रहरीले प्रकाउ गरेतापनि स्थानिय सरकारले नयाँ आदेश जारी गर्दै फुलफेस हेलमेट प्रतिबन्ध लगाएको हो । यतिमात्र होइन उक्त सरहमा दुई पाङ्ग्रेको अधिकतम गति सिमा ४० किलोमिटर प्रतिघन्टा निर्धारण गरिएको छ ।
फिलिपिन्समा ७५ प्रतिशत दुई पाङ्ग्रे चालकले हाफ हेलेमेट प्रयोग गर्ने गरेका छन् भने २५ प्रतिशतले फुलफेस हेलमेट प्रयोग गर्दै आएका थिए । यो प्रतिबन्ध केही समयका लागि हो या सधैँका लागि हो भन्ने स्पष्ट पारिएको छैन ।
यो त भयो एक अनौठो घटनाका कारण हेलमेटमा लागेको प्रतिबन्ध । हाफ हेलेमेटको तुलनामा फुल हेलमेट ज्यादै सुरक्षित हुने गर्छ ।


