इन्जिनले दिने पावर एचपी र बीएचपीमा कति फरक ?

काठमाडौं । नयाँ सवारीसाधन खरिद गर्ने समय हामी धेरै कुराहरु हेरेर सोच विचार गरेर खरिद गर्ने गर्छौ । त्यतिबेला मोटरसाइकलको डिजाइन, फिचर, माइलेज, पावर र कम्पनीले दिने सर्भिसका विषयमा चासो देखाउने गर्छौ ।

तर, मोटरसाइकल खरिद गर्ने प्रायः सबै मान्छेले एउटा कुरा खासै मतलव गर्दैनन् । त्यो हो, त्यसको इन्जिनले प्रदान गर्ने पावर । युवाहरुले पावरको विषयमा चासो राखेपनि धेरै उमेर समूहका मानिसको त्यसको विषयमा चासो राख्दैनन् ।

इन्जिनले प्रदान गर्ने पावरलाई एचपी, बीएचपी, पीएस, किलोवाट जस्ता इकाइमा मापन गर्ने गरिन्छ । यी मध्ये पनि धेरैलाई लाग्न सक्छ एचपी र बीएचपी एउटै हो ।

मोटरसाइकलमा दिइने एचपी र बीएचपी दुबै फरक सिस्टम हो । एचपी मतलब हर्स पावर र बीएचपीको मतलब ब्रेक हर्स पावर हो । एउटै इन्जिनले प्रदान गर्ने पावर एचपी र बीएचपीमा फरक देखिन्छ ।

के हो एचपी ?

एचपीको मतलब हर्स पावर हो । इन्जिनको पावर जहिलै एचपीमा नाप्ने गरिन्छ । स्टीम इन्जिनको प्रयोगसँगै एचपीलाई प्रचलनमा ल्याइएको हो ।

यस इन्जिनका खोजकर्ता जेम्स वाटले सन् १७६० मा स्टीम इन्जिन (एचपी) निर्माण गरेका हुन् । त्यो समय इन्जिन पावर मापन गर्नका लागि घोडाको प्रयोग गरिन्थ्यो । त्यसैले यसलाई हर्स पावर भनेर चिनिन्छ ।

जेम्स वाटका अनुसार, एउटा जवान घोडाले एक मिनेटको समयमा १ हजार फिट गहिरो कुवाबाट १४ लिटर पानी एक फिट माथि उछाल्न लगाउने पावर १ एचपी हो । यो पढ्न मात्रै नभएर बुभ्mन पनि जटिल नै छ । तर, वाटले पत्ता लगाएको यो मापन गर्ने विधिले मान्यता पायो ।

अहिले त्यसलाई परिष्कृत गर्दै पावर नाप्न डायनामोमिटरको प्रयोग गरिन्छ । उक्त मिटर सवरीसाधनमा जोडिन्छ र सजिलै यसलाई मापन गर्न सकिन्छ ।

के हो बीएचपी ?

बीएचपीको पुरा नाम ब्रेकहर्स पावर हो । यस सिस्टममा इन्जिनबाट उत्पादन भएको पावर सिधा मोटरसाइकलको टायरमा सर्कुलर हुन्छ । एउटा ठाउँबाट अर्को ठाउँमा पावर सर्कुलर हुँदा त्यहाँ केही लिक हुन्छ ।

त्यसैले एचपीको तुलनामा बीएचपी मापनमा थोरै पावर देखिन्छ । जस्तै, एचपीमा कन्भर्ट गर्दा १ हर्स पावर जेनेरेट हुन्छ भने बीएचपीमा ०.९९ ब्रेकहर्स पावर जेनेरेट हुने गर्छ ।


Back_to_top