टाटाको डाउन पेमेन्ट नचाहिने स्कीम, भोलि अन्तिम दिन

काठमाडौं । टाटाका इलेक्ट्रीक कार किन्न डाउन पेमेन्ट नचाहिने भएको छ । पुरानो कुनै पनि ब्राण्डको गाडी चढिरहेको मानिसले टाटाको ईभी किन्दा डाउन पेमेन्ट नचाहिने भएको हो ।

टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले शुक्रबार मार्च ८ तारिखबाट सुरु गरेको ‘स्पीङ एक्सचेन्ज क्याप’मा पुरानो गाडी ल्याएर नयाँ गाडी दिने अफर संचालन गरिरहेको छ । भोलि आइतबारसम्म चल्ने उक्त मएक्सचेन्ज क्याम्पमा निकै राम्रो एक्सचेन्ज बोनस ग्राहकले पाउने कम्पनीले जनाएको छ ।

त्यसको साथै, १ वर्षको वार्षिक कर, १ वर्षको अटो प्लस बीमा, हरेक बुकिङमा आकर्षक गिफ्ट र नयाँ कारको लागि चाहिने एशोसरिजहरु प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याएको यो स्कीममा सर्तहरु लागु हुने जनाएको छ ।


Back_to_top