काठमाडौं । बर्षायाम सुरु भएसँगै देशभर मनसुन चलिरहेको छ । सुरुवाती वर्षामै देशका धेरै स्थानहरु जलमग्न भएका छन् । यस्तो समयमा मोटरसाइकल राइडरहरुलाई धेरै समस्या आउने गर्छ ।
वर्षामा मोटरसाइकल चालकले धेरै खेप्ने समस्या फ्युल ट्याङ्कमा पानी पस्नु हो । यदि मोटरसाइकलको फ्युल ट्याङ्क भित्र पानी पसेपछि त्यसलाई राम्रोसँग सफा गर्नु पर्छ । राम्रोसँग सफा भएन भने मोटरसाइकलको इन्जिन लगायत अन्य पाट्र्समा समेत क्षति पुग्ने सम्भाबना हुन्छ ।
त्यसैले वर्षाबाट हुन सक्ने क्षेती कम गर्न मोटरसाइकल चालकहरु निकै सचेत हुन आवस्यक छ । नत्र ठूलै रकमको नोक्सानी ब्योहोर्नु पर्ने हुन्छ ।
हामीले यसै विषयलाई मध्यनजर गर्दै फ्युल ट्याकंमा पानी छिरे पस्चात् त्यसलाई कसरी सफा पार्न सकिन्छ र ट्याङ्कमा भएको पेट्रोललाई पानी रहित कसरी बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छौं ।
मोटरसाइकल स्टार्ट नगर्ने
फ्युल ट्याङ्कमा पानी पसेको खण्डमा मोटरसाइकललाई स्टार्ट गर्नु हुँदैन । मोटरसाइकल स्टार्ट गर्दा ट्याङ्कमा पसेको पानी इन्जिनसम्म पुग्ने सम्भाबना धेरै हुन्छ । यदि पानी इन्जिनमा पुगेमा थप समस्या निम्त्याउनेछ ।
पेट्रोल खाली गर्ने
केहि गरी फ्युल ट्याङ्कमा पानी पसि हाल्यो भने मोटरसाइकल स्टार्ट नगरी ट्याङ्कबाट पुरै इन्धन खाली गर्नुपर्छ । यदि धेरै पेट्रोलको मायामा लाग्नु भयो भने इन्जिन नै खराब हुन्छ । त्यसैले पेट्रोल निकालेर सफा भाँडोमा हालेर अलि समय नचलाई राख्नुपर्छ ।
पेट्रोलबाट पानी कसरी छुट्याउने
ट्याङकबाट निकालेको पेट्रोल प्रयोग गर्नु पर्ने अवस्था आएको खण्डमा पानी छुट्याउनु पर्छ । यो काममा समय धेरै लाग्छ । पेट्रोललाई भाँडामा निकालेसँगै त्यतिकै छोड्दा पानी तल गइ पेट्रोल माथि आउँछ । यसलाई तपाई प्रयोग गर्न सक्नु हुन्छ ।
फ्युल ट्याकं खुल्ला गरेर राख्ने
पेट्रोल निकाले पस्चात् मोटरसाइकलको फ्युल ट्याकंलाई खुल्ला रुपमा छोड्नु पर्छ । त्यसपछि नजिकैको सर्भिस सेन्टरमा मोटरसाइकल लगेर राम्रोसँग सफा गर्न लगाउनु पर्छ । यसो गर्नाले ट्याङ्कमा बाँकी रहेको थोरै पानी पनि सजिलै सफा गर्न सकिन्छ ।
इन्जिनको पनि चेकजाँच गर्न लगाउने
सबै सफा गरिसके पस्चात् अन्तिममा एकपटक इन्जिनको पनि जाँच गर्न लगाउनु पर्छ । इन्जिनमा पानी पुगेको छ या छैन स्पस्ट हुन एकदमै आवस्यक छ । यदि, इन्जिनमा पानी पुगेको छैन भने मोटरसाइकल स्टार्ट गर्दा केहि फरक पर्दैन । तर, पानी इन्जिनमा पुगेको छ भने त्यसलाई सफा गरी पानी हटायर मात्रै मोटरसाइकल स्टार्ट गर्दा इन्जिनमा समस्या आउने छैन ।