मोटरसाइकल र स्कुटर चालकले हाई-बीमको प्रयोग कसरी गर्ने ?

काठमाडौं । मोटरसाइकल र स्कुटर चालक सबैभन्दा धेरै ‘हाई बीम’को सिकार हुने गर्छन् । हाइवेमा दुई पाङ्ग्रे सवारीसाधन लिएर निस्कनु अघि हाई बीम र लो बीम लाइटको बारेमा जानकारी लिनु आवश्यक हुन्छ ।

हाई बीमलाई ‘डिपर लाइट’ समेत भन्ने गरिन्छ । लो बीमलाई सहज तरिकाले बुझ्न ‘डिम लाइट’ भन्न सकिन्छ ।

अझै सामान्य भाषामा बुझ्दा हाई बीम भनेको धेरै चम्किलो बत्ती हो । लो बीम भनेको कम उज्याले दिने वा एकदमै नजिक उज्यालो दिने बत्ती भनेर बुझ्न सकिन्छ । लो बीम बाल्दा नजिकको भिजिविलिटी राम्रो हुन्छ भने हाई बीमले टाढासम्म देख्न सकिन्छ ।

दुबै दिशाबाट आइरहेका सवारीसाधनले हाई बीम बालेको अवस्थामा सानो सवारी साधनमा हुनेले बाटो देख्दैन अनि यसले दुर्घटना हुने गर्छ ।

सुन्दा सामान्य लाग्ने यो लो बीम र हाई बीमको प्रयोग सहि ढंगले गर्न जानिएन भने दुर्घटना हुने जोखिम ज्यादा हुन्छ ।

यदि हामी शहरी क्षेत्रमा दुई पाङ्ग्रे सवारीसाधन चलाइरहेको छौं भने हाई बीम प्रयोग गर्न जरुरी नै हुँदैन । शहरी क्षेत्रमा सवारी साधन चलाउने टप स्पीड कम हुने कारण हाई बीमको जरुरी पर्दैन । यद्यपि, सडक पुरै खाली छ भने हाई बीम बालेर हिड्न सकिन्छ ।

हामीले हाइवेमा रातको समयमा दुई पाङ्ग्रे चलाइरहेको छौ भने यस्तो समयमा हाई बीमको प्रयोग धेरै गर्नु पर्ने हुन्छ । तर, विपरित दिशाबाट आइरहेको सवारी आफ्नो नजिक आइपुग्दैछ भने त्यस्तो समयमा लो बीम बाल्नु पर्छ ।

त्यस्तै, धेरै घुम्ती भएको बाटोमा सवारी चलाउँदै हुनुहुन्छ भने पनी लो बीम प्रयोग गर्नु फाइदा जनक हुन्छ । लो बीमले नजिकको भिजिविलिटी राम्रो हुन्छ र अर्को दिशाबाट अचानक आइरहेको सवारीलाई समेत असर पर्दैन ।

ठूलो पानी परिहेको वा कुहिरोले बाटो राम्रोसँग नदेखिएको अवस्थामा पनि हाई बीमको प्रयोग गर्नु पर्ने हुन्छ ।


Back_to_top