गर्मीबाट कार र आफुलाई कसरी बचाउने ? अपनाउनुहोस् ६ तरिका

काठमाडौं । अत्याधिक गर्मीले तराई क्षेत्रमा मानिसको दैनिक जीवन कष्टकर बन्दै गएको छ । चर्को गर्मीले मानिसको जीवन अस्तब्यस्त बनाउनेसँगै गाडीमा पनि ठूलो समस्या ल्याउन सक्छ ।

गर्मीकै कारण कारको क्याबिन धेरै तात्ने र हिट हुने गर्छ । यो अबस्थामा एउटा कार चालकले कार ‘हिट’ हुने समस्या पनि निकै खेप्नु पर्ने अवस्था आउने गर्छ ।

गर्मी मौसममा आफ्नो कारको राम्रो हेरचाह नगर्दा ठूलो आर्थिक नोक्सानी हुने खतरा रहन्छ । गर्मी मौसममा कारको सर्भिसिङ उचित समयमा गर्ने, चिसो स्थानमा पार्किङ गर्ने जस्ता विषयमा सहजक बन्नु पर्छ ।

त्यसैले गर्मी मौसममा आफ्नो कार कसरी सुरक्षित राख्ने भन्ने विषयमा हामीले यहाँ चर्चा गरेका छौं । जुन तपाईलाई पनि उपयोगी हुन सक्छ ।

रेडिएटर र कुलेन्टमा ध्यान दिने

गर्मीको समयमा तातो धेरै हुने हुँदा कारको रेडिएटर समय समयमा चेक गरिरहनु पर्छ । रेडिएटरमा कूलेन्ट छ वा छैन भन्ने एकिन गर्नु पर्छ । यदि कुलेन्ट सकिएको छ भने सर्भिस सेन्टरमा लगेर भरिहाल्नु पर्छ ।

कूलेन्टका साथै कारको इन्जिन, ब्रेक र गियरबक्समा दिइने आयलहरु चेक गराउनु पर्छ । सबै आयातहरु ठिक अवस्थामा रहँदा इन्जिनमा तातोको असर कम पर्छ ।

एसी र कुलर ठिक राख्ने

कारको भित्री भागमा वातावरणीय सन्तुलन कायम राख्नु निकै महत्वपूर्ण मानिन्छ । मानिसलाई ठिक्क सुहाउँदो मौसम कार भित्र हुनुपर्छ । त्यसको लागि कारमा रहेका एसी वा कुलर ठिक अवस्थामा हुनुपर्छ ।

त्यसको लागि एसीमा ग्यास चेक गर्ने, कारको सर्भिसिङ्गमा एसी भेन्टहरु र पाइपहरु सफा गर्ने, फ्यानको कन्डिसन रेगुलर जाँच गर्ने गर्दा कारलाई दुरुस्त राख्न सकिन्छ ।

टायर प्रेसरमा ध्यान दिने

टायरमा हावा कम भएको अवस्थामा कारलाई निकै प्रेसर र लोड पर्न जान्छ । यसले गर्दा तातो समयमा ह्वीलमा समस्या आउने सम्भावना धेरै हुन्छ । त्यसैले टायर प्रेसर परिक्षण समय समयमा गराउनु पर्छ ।

प्रायः पुराना टायरहरुमा रबर कमजोर भएको हुन्छ । गर्मीले बढि हिट हुने र कमसल टायर पढ्कन पनि सक्छ । त्यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ । जहिल्यै टायर प्रेसरमा ध्यान दिनु पर्छ ।

घामले नभेट्ने ठाउँमा पार्किङ गर्ने

गाडी पार्किङ गर्दा जहिल्यै सितल वा छाँया पर्ने ठाँउमा गर्नुपर्छ । कारलाई कबरले ढाकेर राख्दा अझ राम्रो हुन्छ । पार्किङ गर्दा सबै झ्यालहरु र सनरुफ बन्द गर्ने गर्नुपर्छ । क्रस भेन्टिलेसनका लागि झ्यालको सिसा एक इन्च मात्रै खुला राख्दा राम्रो हुन्छ ।

क्याबिनलाई ‘प्रि-कुलिङ’ गर्ने

घाम भएको स्थानमा कार पार्किङ गर्नु भएको छ भने सिट, स्टेरिङ, गियर नब र अन्य बिटहरु धेरै तातो भएको हुन सक्छ । त्यसैले कारमा चढ्दा सावधानी अपनाउनु पर्छ । तपाईको कारमा रिमोट एसी छ वा फास्ट कुलिङ सिस्टम छ भने यसलाई प्रयोग गरेर प्रि-कुलिङ गर्नु उपयुक्त हुन्छ ।

हावालाई बाहिर निस्कन दिने

कार स्टार्ट भएपछि कारमा जम्मा भएको तातो हावालाई बाहिर निस्कन दिनु पर्छ । यसका लागि कारको एसी चालु गरी झ्यालको सिसा पुरा खोल्नु पर्छ । एयर भेन्टहरु आफुतिर फर्काउने छ भने सीटमा कुलिङ सिस्टम प्रयोग गर्ने र केहि समयपछि मात्रै एसीलाई पुनः सर्कुलेसन मोडमा स्वीच गर्ने गर्दा सहज हुन्छ ।


Back_to_top