काठमाडौं । करका दरहरु परिवर्तनको आँकलनसहित विद्युतीय कार बिक्रेताहरुले मे महिनामा ठूलो संख्यामा कार आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । बैशाख १५ गतेदेखि जेठ १४ गतेसम्मको अवधिमा ३ हजार ४४८ यूनिट विद्युतीय कार आयात भएको हो ।
यसअवधिमा १०० यूनिटभन्दा धेरै आयात भएका कार मोडलको संख्या नै १३ पुगेको छ । यसअवधिमा सबैभन्दा धेरै कार बीवाइडीले आयात गरेको देखिन्छ ।
बीवाइडीपछि टाटा, एमजी, दिपल, ओमोडा, जीएसी एवोन, विलिङ विङ्गो, नेटा लगायतका ब्राण्डले धेरै कार आयात गरेका हुन् । केही नयाँ ब्राण्डले पनि गाडीको आयात सुरु गरेको हो ।
मे महिनामा सबैभन्दा धेरै आयात भएको मोडलमा बीवाइडी एटो-३, बीवाइडी डल्फीन, एमजी जेडएस ईभी, दिपल एस-०७, ओमोडा ई-५, जीएसी एवोन लगायतका मोडल छन् ।
सरकारले विद्युतीय कारमा मूल्य बढाउने विषय कतै लुकेको थिएन । कर बढ्ने पक्का भएकै कारण कम्पनीहरुले नयाँ गाडी ठूलो परिमाणमा आयात गरेका हुन् ।
यस्तो छ ब्राण्ड अनुसारको आयात


