काठमाडौं । बैशाख अन्तिम साताबाट हुन्डाई भेन्यू नेपालमा उत्पादन सुरु भएको थियो । लक्ष्मी मोटर्सले नेपालमा एसेम्बल गरेर तयार पारेको भेन्यू नेपालमा सफल मोडल हो ।
सफल मोडल भएकै कारण कम्पनीले पहिलो मोडलको रुपमा भेन्यूको एसेम्बलिङ गरेको हो । त्यहि भेन्यूलाई मेरोअटो टीमले काठमाडौंदेखि कोदारीसम्म र केदारीबाट फर्कदा मेलम्चीहुँदै नगरकोटबाट काठमाडौसम्म टेस्ट ड्राइभ गरेको छ ।
कुनै पनि कोणबाट यो नेपालमा एसेम्बल भएको मोडल रहेछ भन्ने छुट्टाउन नसकिने भेन्यू टेष्ट ड्राइभको क्रममा लिइएका केही तस्बिरहरु हामीले यहाँ देखाएका छौं । यसको रिभ्यू भने भिडियोसहित अर्को साता प्रकाशन हुनेछ ।










