महिन्द्राको नयाँ एसयूभीको नाम ‘अल्फा–न्यूमेरिक’, यी मोडलसँग मुख्य प्रतिस्पर्धा

महिन्द्राले आफ्नो बहुप्रतिक्षित कम्प्याक्ट एसयूभी कोडनेम  ‘एस२०१’ दिएको गाडीको नाम अल्फा–न्यूमेरिक (एक्सयूभी ३००) राखेको हो । 

जनवरी २०१९ मा बजारमा ल्याउन लागेको यस कारको नाम यसअघि कम्पनीले डिसेम्बर १ मा घोषणा गर्ने जनाएको थियो । तर विविध कारण देखाउँदै नाम घोषणा गरेको थिएन । आज कम्पनीले उक्त नाम घोषणा गरेको हो । 

यसमा यु–सेपमा एलइडी सिग्नेचर हेडल्याम्प दिइएको छ । नयाँ कम्प्याक एसयूभीमा प्रयोग गरिएको सिक्स–सल्ट–टुटे ग्रिललगायत थुप्रै फिचरले कम्प्याक एसयूभीलाई एग्रेसिभ देखाएको छ । 

महिन्द्राले टेलगेट डिजाइनमा ल्याएको यो नयाँ कम्प्याक एसयूभीको टेलल्याम्प निकै आर्कषक रहेको छ । यसको इन्टेरियर भने स्याङयोङ टिभोलीसँग मिल्दो जुल्दो रहेको छ । 

महिन्द्राले यो नयाँ एसयूभीमा डियुल जोन क्लाइमेट कन्ट्रोल, टच स्कृन इन्फोटेनटमेन्ट सिस्टम, एप्पल कार प्ले र एन्ड्रोइड अटो, लेदर सिट, इलेक्ट्रीक सनरुफ, इन्जिन स्टाट र स्टप बटमजस्ता अत्याधुनिक फिचर दिएको जनाएको छ । 

सुरक्षाको लागि पार्किङ सेन्सर, रियर पार्किङ क्यामेरा, एबीएससँगै इबीडी, फोर ह्वील डिस्क ब्रेक, फ्रन्ट पार्किङ सेन्सर, इएसपी र ७ एयर ब्याग दिइएको छ । जसले यो सेग्मेन्टमा ‘ अल्फा–न्यूमेरिक’ लाई सबैभन्दा सुरक्षित एसयूभी बनाएको छ । 

अल्फा–न्यूमेरिक (एक्सयूभी ३००) थ्री स्पोक स्टेरिङ ह्वीलमा आउने छ । पुस बटम स्टार्ट, अलोय ह्वील, प्रोजेक्टर हेडल्याम्प, स्पोइलर, अटोमेटिक हेडल्याम्प, अटोमेटिक वाइपरलगायतका फिचर यसमा रहने छ ।  

कम्पनीले यसमा १.५ लिटर फोर सिलिन्डर डिजेल इन्जिन दिएको छ, जसले १२२.६४ पीएस पावर प्रदान गर्नेछ । साथै, उक्त इन्जिनले ३०० एनएम टर्क जेनेरेट गर्ने छ । 

साथै ‘ अल्फा–न्यूमेरिक’ (एक्सयूभी ३००)लाई १.२ लिटर टर्बोचार्जड पेट्रोल इन्जिनमा समेत बजारमा उतार्ने छ । जसले १३५.९६ पीएस पावर उत्पादन गर्ने अनुमान गरिएको छ ।

बजारमा एक्सयूभी ३०० ले चर्चित कम्प्याक एसयूभी मारुती सुजुकी भिटारा ब्रेजा र फोर्ड इकोस्पोर्ट र टाटा नेक्सनसँग प्रतिस्पर्धा गर्नेछ । 


Back_to_top