काठमाडौं । विश्वभर न्यू इनर्जी भेहिकलमा लाग्ने ब्याट्री इनोभेसनमा कम्पनीहरु आक्रमक छन् । यो रेसमा मर्सिडिज नहुने कुरै भएन ।
मर्सिडिजले सोलिड स्टेट ब्याट्रीको विकासमा राम्रै काम गरिरहेको जनाएको छ । कम्पनीले विगत १ वर्षदेखि फ्याक्टोरियल इनर्जीसँग सोलिड स्टेट ब्याट्री विकासमा कोल्याबरेट गरिरहेको जनाएको हो ।
कम्पनीले विकास गरिरहेको सोलिड स्टेट ब्याट्रीमा ४५० वाटआवर प्रतिकेजी इनर्जी डेन्सीटी हुनेछ । अहिले फुल्ली इलेक्ट्रीक तथा हाइब्रिड कारमा प्रयोग भइरहेको ब्याट्रीहरुमा ९० वाटआवर देखि २५५ वाटआवर प्रतिकेजी इनर्जी डेन्सीटी पाउन सकिन्छ ।
मर्सिडिज र फ्याक्टोरियलको सहकार्यमा उत्पादन हुने ब्याट्रीमा अहिलेकोभन्दा ८० प्रतिशत बढि इनर्जी डेन्सीटी हुनेछ । प्रोपाइटर प्लेटफर्म प्रयोग गरेर बनाइएको ब्याट्री १०० प्लस एम्पीयर आवरको निकेल मेटल सोलिड स्टेट ब्याट्री हो । जसलाई फ्याक्टोरियल इलेक्ट्रोलाइट सिस्टम टेक्नोलोजी भनिएको छ ।
उक्त ब्याट्रीमा लिथियम मेटल एनोड, सल्फर वेसको इलेक्ट्रोलाइट तथा ड्राइ क्याथोडको प्रयोग भएको हुन्छ । यो केमेस्ट्रीको ब्याट्रीमा फ्लेमेवल अब्जेक्ट तथा तरल लिक्वीड इलेक्ट्रोलाइड नहुने भएकोले आगो लागि हुने रिस्क एक्दमै कम हुन्छ । साथै ब्याट्रीको ‘टेम्प्रेचर स्टेबिलीटी’समेत एकदमै राम्रो रहेको दावी छ ।
अमेरिकी कम्पनी फ्याक्टोरियल इनर्जीमा कोरियन कम्पनी हुन्डाई तथा अर्को युरोपियन अटोमोवाइल ग्रुप स्टेलान्टीसले समेत लगानी गरेका छन् ।

