फक्सवागेनले इमर्जीङ बजारको लागि ल्याउने भयो सानो एसयूभी

काठमाडौं । जर्मन ब्राण्ड फक्सवागेनले केहि दिन भित्रै इमर्जीङ बजारको लागि सानो एसयूभी ल्याउने भएको छ । कम्पनीले ब्राजिलबाट आफ्नो सब कम्प्याक्ट एसयूभी देखाउन लागेको हो ।

कम्पनीले अहिले देखाउन लागेको एसयूभी प्रोटोटाइप मात्रै हो । नयाँ एसयूभी ‘एमक्यूबी एओ प्लेटफर्म’मा बन्नेछ । कम्पनीले यसलाई इमर्जीङ कार मार्केट भनेर चिनिने ब्राजिल, इन्डिया जस्ता बजारमा बिक्री गर्ने योजना बनाएको हो ।

फक्सवागेनको नयाँ एसयूभी ग्लोबल डिजाइन ल्याङ्वेजमा आधारित छ । यसमा स्पोर्टी स्लीम फ्रन्ट ग्रिल र अग्लो बम्पर दिइने छ । एसयूभीको पछाडि भने कनेक्टेड टेलल्याम्प रहने छ ।

कम्पनीले हालै जारी गरेको टिजरमा देखिए अनुसार यो एसयूभीमा कुपे जस्तो देखिने रुफलाइन पनि छ । कोड नेम ‘एओ’ दिएको एसयूभीमा २५ सय एमएम लामो ह्वीलवेस रहने छ । एसयूभीको लम्बाई केबल ४ मिटर हुनेछ । यसको हाइट र ग्राउण्ड क्लियरेन्स यहि सेग्मेन्टका अन्य एसयूभीको हाराहारी हुने अनुमान गर्न सकिन्छ ।

फक्सवागेले यो नयाँ एसयूभीमा १.० लिटरको ३ सिलिण्डर टर्बो पेट्रोल इन्जिन दिनेछ । यो इन्जिनले ११४ हर्सपावर तथा १७८ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । फक्सवागेनले यहि इन्जिन टाइगुन, भटुुस तथा स्कोडाको कुशक र स्लाभियामा सफल प्रयोग गरिसकेको छ ।


Back_to_top