एउटै मूल्यका २ चिनियाँ ह्याचव्याक, कुन किन्दा धेरै फाइदा ?

काठमाडौं । अमेरिकी कम्पनी जनरल मोटर्स, चिनियाँ अटोमोवाइल ग्रुप एसएआईसी र अर्को चिनियाँ उदयमान अटोमोवाइल कम्पनी विलिङ ग्रुपको संयुक्त प्रयासले इन्डोनेशियामा बनाएको विलिङ विङ्गो ह्याचव्याक कार हो ।

क्लासिक लुक्स र डिउलटोन कलर भएको स्पेशियस विङ्गो ह्याचव्याक करिब ३ महिना अघि नेपाली बजारमा बिक्री सुरु भएको थियो । सुरुवातमा ३१ लाख ९९ हजार मूल्य राखेर बिक्री सुरु भएको विङ्गोमा अहिले चाडपर्व अफर दिएर २९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

भदौ दोस्रो साता सार्वजनिक भएको अर्को ह्याचव्याक डोङफेङ नामीले अहिले निकै धेरै चर्चा पाइरहेको छ । चीन सर्वाधिक सफल भेहिकल उत्पादक कम्पनी डोङफेङको सहायक ब्राण्डको रुपमा स्थापना भएको नामीको पहिलो ह्याचव्याक झट्ट हेर्दा एसयूभी जस्तै देखिन्छ ।

अत्याधुनिक फिचर तथा प्रिमियम क्याविनका कारण धेरै अटो पारखीको मन जित्न सफल नामी ई-१, ई-२ र ई-३ गरी तीन भेरियन्टमा बुकिङ लिइरहेको छ । यसको मूल्य २९ लाख ९९ देखि ३४ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ ।

सुरुवाती मूल्य समान रहेका यी दुई ह्याचव्याकमा रहेका अन्य भिन्नतालाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।

साइज

विलिङ विङ्गोको लम्बाई, चौडाई र उचाई क्रमश ३९५०, १७०८ र १५८० एमएम छ । यसमा २५६० एमएम लामो छ । अगाडि र पछाडि दुबै साइडमा डिस ब्रेक दिइएको विङ्गोमा १५ इन्चको ह्वील छ । कम्पनीका अनुसार यसमा १६५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

विलिङले विङ्गोमा अगाडि इन्डीपेन्डेन्ट र पछाडि टोर्सन बीम सस्पेन्सन दिएको छ ।

त्यसैगरी नामी ह्याचव्याकको लम्बाई, चौडाई र उचाई क्रमश ४०३०, १८१०, १५७० एमएम छ । नामीमा २६६० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । कम्पनीका अनुसार नामी ह्याचव्याकमा १७६ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको छ ।

नामी ह्याचव्याकको अगाडि र पछाडि नै डिस ब्रेक छ । यसमा १६ इन्चको ह्वील पाउन सकिन्छ । नामी ह्याचव्याकमा पनि अगाडि इन्डीपेन्डेन्ट र पछाडि टोर्सन बीम सस्पेन्सन रहेको छ ।

मोटर तथा ब्याट्री

नामी ह्याचव्याकमा ७० किलोवाट क्षमताको पीएमएसएम मोटर दिएको छ । त्यसको मतलव कारले अधिकतम ९५ पीएस पावर प्रदान गर्छ भन्ने हो । साथै, यसले १६० न्यूटन मिटर टर्क प्रदान गर्छ ।

फ्रन्ट ह्वील ड्राइभ सिस्टममा उपलब्ध नामी कार अधिकतम १४० किलोमिटर प्रतिघन्टाको स्पीडसम्ममा चलाउन सकिन्छ । नामीको ई-१ मोडलमा ३१.४ किलोवाट क्षमताको ब्याट्री प्याक छ ।

यसमा रहेको ब्याट्रीलाई एक पटकको फुल चार्जमा ३३० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले दावी गरेको छ । सीसीएस–२ चार्जिङ पोर्ट रहेको यो ईभीलाई ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न केबल ३० मिनेट लाग्छ ।

त्यसैगरी, विलिङ विङ्गोमा ५० किलोवाट क्षमताको पीएमएसएम मोटर रहेको छ । उक्त मोटरले अधिकतम ६७ पीएस पावर र १५० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । विङ्गो ह्याचव्याक फ्रन्ट ह्वील ड्राइभ सिस्टम रहेको कार हो । यसका टप स्पीड १२० किलोमिटर प्रतिघण्टा रहेको छ ।

विलिङ विङ्गोमा पनि ३१.९ किलोवाट आवरको लिथियम फेरो फोस्फेट ब्याट्री प्याक छ । यो ब्याट्रीले एक पटकको फुल चार्जमा ३३० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले दावी गरेको छ ।

विङ्गोमा रहेको ब्याट्रीलाई एसी चार्जरबाट चार्ज गर्दा ५.५ घण्टामा २० बाट ८० प्रतिशत र डिसी फास्ट चार्जरले चार्ज गर्दा ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

जीभीटी चार्जिङ पोर्ट रहेको विङ्गोमा कम्पनीले सीसीएस-२ चार्जरको लागि छुट्टै चार्जिङ पोर्टसमेत दिएको छ, जसले गर्दा दुबै प्रकारको चार्जरमा यो ईभीलाई चार्ज गर्न सकिन्छ ।

एक्सटेरियर फिचर

विलिङको विङ्गो क्लासिक बडी डिजाइनमा बनेको सिटी कार हो । ड्यूलटोन कलरमा उपलब्ध विङ्गो कारमा अगाडि र पछाडि एक्स सेपको एलइडी डीआरएल तथा ब्रेक लाइट दिएको छ ।

विङ्गोमा एलइडी प्रोजेक्टर हेडल्याम्प, फ्रेमलेस वाइपर, डायण्ड सेपको पारामेटीक ग्रिल र साइड मिररमा टर्न इन्डीकेटर दिएको छ ।

त्यस्तै नामी ई-१ टलबोई बक्सी लुक्समा तयार भएको ह्याचव्याक कार हो । यसमा कनेक्टेड एलइडी डीआरएल, ट्रयाङगुलर हेडल्याम्प पाउन सकिन्छ । नामीको हेडलाइटमा अटोमेटीक फिचर छ । फ्रेमलेस डोर उपलब्ध नामी कारमा फ्लस ह्याण्डलबार दिइएको छ ।

क्याविन फिचर

डोङफेङ नामी ई-१ मा डिउल कलरमा सजिएको लेदरेट इन्टेरियर पाउन सकिन्छ । इन्टु«मेन्ट क्लस्टर ५ इन्चको एलसीडी र इन्फोटेन्मेन्टका लागि १२.८ इन्चको फ्लोटिङ डिस्प्ले दिएको छ ।

नामीमा मल्टिफङ्सन स्टेरिङ ह्वील छ । सँगै, गियर सेलेक्टर पनि स्टेरिङ कोलुममै दिएको छ । यसमा म्यानुुअल एसी छ । यो कारको फ्रन्टका दुबै सिटहरु म्यानुअल छन् । फ्रन्ट आर्मरेस्ट दिइएको छ । नामी कारमा फ्रेमलेस डोरसँगै चारैवटा पावर विण्डो छ । यसलाई ईको, नर्मल र स्पोट्स गरी ३ ड्राइभिङ मोडमा चलाउन सकिन्छ ।

विलिङ विङ्गोमा ग्लोसी सेरामिक सहितको सफ्ट टच सेन्थेथिक लेदर इन्टेरियर रहेको छ । यसको ड्यासबोर्ड तथा डोरमा कार्बन फाइबरको जस्तो फिनीसीङ छ । ड्यासबोर्डमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले तथा १०.२५ इन्चकै इन्ट्रुमेन्ट क्लस्टर दिएको छ । दुबै डिस्प्ले कनेकटेड भएकाले मोर्डन कारको जस्तो अनुभव गर्न सकिन्छ ।

म्युजिकका लागि ४ वटा स्पीकर रहेको कारमा टु स्पोक मल्टिफङ्सन स्टेरिङ ह्वील र अटोमेटीक एसीको लागि फिजिकल बटन दिएको छ । सेन्टर कन्सोलमा रोटरी गियर सेलेक्टर तथा इलेक्ट्रीक पार्किङ ब्रेक र इलेक्ट्रीक एड्जस्टेबल ओआरभीएम दिएको छ ।

ड्राइभर सिट ६ वे इलेक्ट्रिक एड्जस्टमेन्ट रहेको छ । कारमा चारैवटा पावर विण्डो रहेको छ । यसलाई इको, नर्मल र स्पोर्टस मोडको साथै चौथो इकोप्लस मोडमा समेत चलाउन सकिन्छ ।

सुरक्षा फिचर

विलिङ विङ्गोमा दुई एयरव्याग, एबीएस तथा इबीडी, अटोमेटिक भेहिकल होल्ड सहितको इलेक्ट्रिक पार्किङ ब्रेक, इलेक्ट्रीक स्टेबीलीटी कन्ट्रोल, रियर पार्किङ क्यामरा, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता सुरक्षा फिचर छन् ।

त्यस्तै नामी ई-१ मा पनि दुई एयरव्याग, एबीएस, इपीबी, ब्रेक फोर्स डिस्ट्रीव्यूसन, हिल असिस्ट, अटो होल्ड, ब्रेक असिस्ट, ट्रयाक्सन कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम पाउन सकिन्छ । नामीको ई–१ भेरियन्टमा रिभर्स पार्किङ क्यामरा छैन ।

निस्कर्ष

नेपाली बजारमा विलिङ विङ्गो पारामाउन्ट मोटर्सले ल्याएको हो । कम्पनीले अत्याधुनिक शोरुम तथा सर्भिस सेन्टरको फेसीलीटी दिएको छ ।

त्यस्तै डोङफेङको नामी १ एमएडब्लु वृद्धि ग्रुपले ल्याएको हो । नामीको शोरुम निर्माणको क्रममा रहेको छ । तर, ग्रुपकै अन्य शोरुम र सर्भिस सेन्टरबाट ग्राहकले तत्काले सेवा पाउने छन् ।

२९ लाख ९९ हजार रुपैयाँ मूल्य भएको विलिङ विङ्गो र नामी ई१ मा केहि प्रमुख भिन्नता छन् । दुबै ईभीमा समान ३१ किलोवाटको ब्याट्री प्याक छ । मोटर पावर र ग्राउण्ड क्लियरेन्ससँगै साइजमा नामी अगाडि छ ।

तर, ड्राइभर इलेक्ट्रीक एड्जस्टेवल सिट, रियर पार्किङ क्यामरा, अटोमेटीक एसी र ड्राइभिङ मोड जस्ता फिचरमा विङ्गो अगाडि छ ।

क्लासिक लुक्सको डिसेन्ट कार मनपराउनेले विलिङ विङ्गो र बक्सी लुक्सको अग्लो कार मनपराउनेले नामी ह्याचव्याक रोज्नसक्छन् ।


Back_to_top