हुन्डाईको जाडो अफरः ६ लाख ९८ हजारसम्म छुट

काठमाडौं । हुन्डाई मोटरले आफ्ना गाडीहरूमा विन्टर डिलाइट अफरको योजना सार्वजनिक गरेको छ । हुन्डाई मोटरका लागि नेपालको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले ग्राहकलाई मध्यनजर गर्दै यस्तो योजना ल्याएको हो । यो योजना हुन्डाईका सबै गाडीहरूमा लागू हुने कम्पनीले जनाएको छ । 

यस योजनाअन्तर्गत पूर्ण लाभ लिने ग्राहकले ६ लाख ९८ हजारसम्म छुटको पाउने छन् । पुराना गाडी ल्याएर एक्सचेन्ज गर्दा १ लाखसम्म  बोनश उपलब्ध गराउने भएको छ । कम्पनीले १५ हजारसम्म लोयल्टी बोनशसमेत  दिने छ भने एक वर्षको निःशुल्क इन्स्योरेन्स, आकर्षक डिस्काउन्टलगायतका अफर प्रदान गर्ने जनाएको छ । 

साथै, कम्पनीले २०१७ मा बजार आएका मोडलमा थप विशेष छुट प्रदान गर्ने जानकारी दिएको छ । कम्पनीको स्पट एक्सचेन्ज तथा भ्यालूयसनको सुविधा उपलब्ध गराउने छ । हरेक खरिदमा चार वर्षको निःशुल्क सर्भिस तथा तीन वर्षको वारेन्टी प्रदान गरिर्ने भएको छ । 


Back_to_top