यामाहाले एबीएस विशेषता उपलब्ध एफजेड–१६ मोटरसाइकल जनवरी २१ मा बजारमा ल्याउने भएको छ । कम्पनीले उत्पादन गरिरहेको सोही सेग्मेन्टको अन्य मोडलको तुलनामा यो मोटरसाइकलको मूल्य ८ देखि १० हजार बढी पर्न आउने आँकलन गरिएको छ । यद्यपि, कम्पनीले भने यो मोडलको मूल्य सार्वजनिक गरिसकेको छैन ।
यो मोडलमा १४९ सीसी सिङ्गल सिलिन्डर इन्जिनले १३ बीएचपी पावरकासाथै १२.८ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड म्यानूअल गियरबक्स लगाइएको छ ।
यसमा सस्पेन्सन र ब्रेककासाथै यसको फ्रन्टमा कन्भेक्सनल फर्कको र रियरमा मनोशक सेटअप लगाइएको छ । यसले बजाज पल्सर एनएस–१६०, टीभीएस अपाची आरटी आर–१६० फोर–भी र होन्डा एक्सब्लेडसँग प्रतिस्पर्धा गर्नेछ ।
यामाहाले हाल उत्पादन भैरहेका अन्य मोडलको जस्तै चालकको सुरक्षाका लागि यसमा दिएको एबीएसको विशेषताले ग्राहकलाई आर्कषण गर्ने विश्वास लिएको छ ।

