एमजीले एकैपटक संचालनमा ल्यायो दुई अत्याधुनिक सर्भिस सेन्टर

काठमाडौं । एमजी मोटर्सले काठमाडौं उपत्यकामामा दुईवटा नयाँ अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ।

नेपालका लागि एमजी मोटरको अधिकृत वितरक पारामाउण्ट मोटर्सले काठमाडौंको सुकेधारा र भक्तपुरको सल्लाघारीमा अत्याधुनिक सर्भिस सेन्टर मंगलबारदेखि संचालनमा ल्याएको हो ।

कम्पनीले यसअघि ललितपुरको कुसुन्ती आफ्नो पहिलो सर्भिस सेन्टर संचालनमा ल्याएको थियो । हिजोदेखि संचालनमा आएका दुवै सर्भिस सेन्टरमा ग्राहकहरूको सहुलियत र सुविधाका लागि अत्याधुनिक डायग्नोस्टिक र मर्मतका लागि उच्च दक्ष प्राविधिकहरु उपलब्ध हुनेछन् ।

सुकेधारा र सल्लाघारीमा संचालनमा ल्याइएका नयाँ सर्भिस सेन्टरबाट एमजीका ग्राहकको सेवालाई झनै सरल र सुलभ बनाउने कम्पनीको विश्वास छ ।


Back_to_top