भारत मोबिलिटी एक्स्पोमा आउनसक्ने प्रिमियम इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । भारतमा आगामी जनवरी १७ देखि २२ तारिकसम्म आयोजना हुने भारत मोबिलिटी एक्स्पो २०२५ मा प्रिमियम इलेक्ट्रीक मोटरसाइकलहरु देखिने भएका छन् । विशेष रुपमा यो एक्स्पोमा धेरै कम्पनीहरुले नयाँ नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिरहेका हुन् ।

१७ जनवरीदेखि सुरु हुने यो एक्स्पोमा रोयल इनफिल्ड, अल्ट्राभोइलेट, ओला जस्ता कम्पनीले मोटरसाइकल सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

रोयल इनफिल्ड हिमालयन इलेक्ट्रीक

रोयल इनफिल्डले हालै सम्पन्न मोटो भर्समा प्रदर्शन गरेको हिमायलनको इलेक्ट्रीक भर्सन अटो एक्स्पो २०२५ मा सार्वजनिक गर्ने अनुमान गरिएको छ । यो मोटरसाइकल फ्ल्याक्स फाइबर बडीवर्कमा रहेको छ । यसमा गोल्डेन कलरको फोर्क, ओलिन्स सस्पेन्सन सेटअप, स्पोक ह्वील, एबीएस मोड, एलइडी लाइट, टीएफटी डिस्प्ले, कनेन्ट सिस्टम जस्ता फिचरहरू हुनेछन्।

फ्लाइङ फेला सी ६

रोयल इनफिल्डले हिमालयन इलेक्ट्रीकसंगै फ्लाइङ फेला क्रुजीङ मोटरसाइकल पनि देखाउने छ । फ्लाइङ फ्लीया सी ६ एक रेट्रो प्रेरित इलेक्ट्रीक मोटरसाइकल हो । जसको डिजाइन क्रुजर मोटरसाइकल जस्तै देखिन्छ । यो मोटरसाइकलमा गर्डर फोर्क, ट्रयाक्सन कन्ट्रोल, क्रूज कन्ट्रोल, डबल डिस्क ब्रेक, कर्नरिङ एबीएस, लिन एंगल सेन्सर, टीएफटी डिस्प्ले, कनेन्ट सिस्टम जस्ता फिचर हुने अनुमान गर्न सकिन्छ । कम्पनीले मिलानमा हालै सम्पन्न इक्मा अटो शो २०२४ मा प्रर्दशन गरेको थियो ।

अल्ट्राभोइलेट कन्सेप्ट एक्स

अल्ट्राभोइलेट कन्सेप्ट एक्स एक रोड बेस्ड एड्भेन्चर मोटरसाइकल हो । यो अल्ट्राभोइलेट एफ ७७ मोडलमानै आधारित हुनेछ। मोटरसाइकलमा २९.७ किलोवाट मोटर र १०.३ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । यसको टप स्पीड १५५ किलोमिटर प्रतिघण्टा छ। यसमा स्याडल ब्याग, छोटो भाइजर, सहायक लाइटहरू र टुरिङ सुबिधा मुलक एशोसरिजहरू पनि समावेश हुनेछन्।

ओला इलेक्ट्रिक

ओलाले गत वर्ष पहिलो पटक प्रदर्शन गरको रोडस्टर सिरिज यो एक्स्पोमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । जसमा रोडस्टर एक्स, रोडस्टर र रोडस्टर प्रो समावेश छन्। रोडस्टर एक्समा १४.९ पीएस पावर जेनेरेट गर्ने मोटर छ । यसको रेन्ज २०० किलोमिटरसम्मको रहेको छ । त्यस्तै, रोडस्टरलमा १७.६ पीएस पावर जेनेरेट गर्ने मोटर छ । यसको रेन्ज भने २४८ किलोमिटरसम्मको रहने छ । ओलाको टप मोडल रोडस्टर प्रोमा ७०.७ पीएस जेनेरेट गर्ने मोटर छ । यस मोडलको टप स्पीड १९४ किलोमिटर प्रतिघण्टा पाउन सकिन्छ । कन्सेप्टको रुपमा आएको यो मोटरसाइकहरु ओलाले अटो एक्स्पोमा प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

 


Back_to_top