नेपाली बजारमा भित्रियो नयाँ ब्राण्डको चिनियाँ इलेक्ट्रीक ट्याक्सी

काठमाडौं । विशाल ग्रुप अन्तर्गतको भीजी मोटर्सले ट्याक्सी प्रयोजनका लागि नयाँ इलेक्ट्रीक  कार भित्राएको छ । कम्पनीले चीनको प्रसिद्ध अटोमोबाइल कम्पनी सिनोगोल्डले बनाएको गोल्ड जेएक्स मोडलको कम्प्याक्ट सेडान कार नेपाल ल्याएको हो ।

भीजीले भित्राएको गोल्ड जेएक्सको लम्बाइ ४५७२ एमएम, चौडाइ १८२५ एमएम र उचाइ १५२० एमएम रहेको छ। यो ईभीको ह्वीलबेस २६७० एमएमको रहेको छ । यो कारमा १७ इन्चको अलोयह्वील तथा  ग्राउण्ड क्लियरेन्स १७५ एमएम रहेको कम्पनीले जनाएको छ । यो ईभीको बुटस्पेश ४१५ लिटरको रहेको छ ।

यो ईभीमा सीएटीएलको ४८.१ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक दिएको छ । यो ब्याट्रीलाई ४० किलोवाटको फास्ट चार्जरले चार्ज गर्न सकिन्छ । सिनोगोल्ड जेएक्समा ५० किलोवाटको फ्रन्ट ड्राइभ मोटर रहेको छ ।

लग्जरी क्याब सेग्मेन्टलाई टार्गेट गरिएको गोल्ड जेएक्समा क्याबिन प्रिमियम मेटेरियलले बनेको छ । यो ईभीको सेन्टर कन्सोलमा रोटरी ड्राइभ सेलेक्टर, इलेक्ट्रीक पार्किङ ब्रेक, मोबाइल चार्जिङको टाइप २ तथा १२ भोल्टका चार्जिङ पोर्ट दिएको छ ।

ड्युलटोन कलरको ड्यासबोर्ड रहेको यो कारमा इन्फोटेन्मेन्ट र इन्फर्मेसन क्लस्टरको लागि छुट्टाछुट्टै स्क्रीन दिइएको छ । फ्रन्ट आर्मरेष्ट, चारैवटा पावरविण्डो तथा थ्री स्पोक भएको बटमफ्ल्याट स्पोर्टी स्टेरिङ ह्वील रहेको छ ।

सुरक्षाको लागि यो कारमा ड्युल फ्रन्ट एयरब्याग, एबीएस, ईबीडी तथा ईसीएस जस्ता फिचर रहेको छ । लग्जरी ट्याक्सीका लागि टार्गेट गरि ल्याइएको यो कारको मूल्य ३८ देखि ४० लाख रुपैयाा भित्र हुने अनुमान गरिएको छ ।

चीनको सानडोङ प्रोभियन्समा रहेको सिनोगोल्डको फ्याक्ट्रीमा विभिन्न मोडलका इलेक्ट्रीक भेहिकल उत्पादन हुन्छ । सन् २०१६ मा स्थापना भएको शानडोङ अटोमोबाइल कम्पनी ४३ लाख स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको छ ।

बागमती प्रदेशमा हाल सिप्रदीले टाटाको एक्सप्रेस टी कार ट्याक्सीको रुपमा बिक्री गरिरहेको छ ।


Back_to_top