बीवाइडी ‘एटो-३’ को २०२५ मोडल आउँदै, के-के भयो अपडेट ?

काठमाडौं । नेपली बजारमा सबैभन्दा धेरै संख्यामा बिक्ने इलेक्ट्रीक एसयूभी  बीवाइडी एटो ३ को २०२५ नयाँ मोडल आउने भएको छ । बीवाइडीले चीनको मिनस्ट्री अफ इन्डष्ट्री एण्ड इन्फर्मेसन टेक्नलोजीमा बुझाएको नयाँ मोडलको तस्वीर सार्वजनिक भएको हो ।

सार्वजनिक तस्वीर अनुसार अब एटो३ को फ्रन्ट फेन्डर र बम्परमा क्यामरा जडान भएको छ । यसको मतलब अब एटो ३ मा एड्भान्स ड्राइभर असिस्ट सिस्टम आउने छ ।

एटो३ को फ्रन्ट बम्पर नयाँ डिजाइनको एग्रेसिभ लुक्स सहितको देखिएको छ । यसको हेडलाइट तथा ग्रील भने पहिलेकै जस्तो रहेको छ । रियरमा फ्रन्टको डिजाइन ल्याङ्वेजसँग मेलखाने नयाँ डिजाइनको बम्पर रहेको छ । यसको रुफ स्पोइलरको डिजाइन भने विल्कुलै नयाँ देखिएको छ ।

हालको मोडलमा रहेको सिंगल स्ट्रीपको रुफ स्पोइलर अब भने दुईवटा ब्रेकलाइट सहितको देखिएको छ । नयाँ क्यामराहरू जडान भएबाट बीवाइडी एटो३ को असिस्ट ड्राइभिङ क्षमता सुधार हुने अपेक्षा गरिएको छ । बीवाइडीले ड्रोन उत्पादक डीजेआइसँग एडास टेक्नलोजी खरिद गर्ने घोषणा गरको थियो  ।

बीवाइडीले एक्टेरियर फिचरमा अपडेट गरे पनि इन्टेरियर फिचर तथा टेक्निकल स्पेसिफिकेसनको अपडेटका बारेमा कुनै जानकारी दिएको छैन । कम्पनीले सन् २०२५ मोडल यसै वर्षको दोस्रो त्रैमासदेखि उत्पादन थाल्ने अनुमान गरिएको छ ।

बीवाइडी एटो३ को लम्बाइ ४४५५ एमएम, चौडाइ १८७५ एमएम, उचाइ १६१५ एमएम तथा २७२० एमएमको ह्वीलबेस रहेको छ । यो एसयूभीमा ४९.९२ र ६०.४८ किलोवाट आवरको ब्याट्रीप्याक अप्सन रहेको छ । नेपाली बजारमा बीवाइडी एटो३ मा १०० किलोवाटको फ्रन्ट ड्राइभ मोटर रहेको छ ।


Back_to_top