चेन्नाईदेखि पुदुचेरीसम्म क्रेटा ईभी चलाएर हेर्दा…

काठमाडौं । हुन्डाई क्रेटा इलेक्ट्रीक भोलि एक कार्यक्रमका बीच सार्वजनिक हुँदैछ । भोलिबाट सुरु हुने भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक हुने क्रेटा ईभीको सबैजसो फिचरहरु बाहिर आइसकेका छन् ।

एसयूभी सेग्मेन्टमा आफ्नो अलग पहिचान बनाएको हुन्डाई क्रेटा नेपालमा सर्वाधिक रुचाइएको मध्ये एक एसयूभी हो । यस्तोमा इलेक्ट्रीक मोडलको रुपमा क्रेटा आउने भएसँगै हुन्डाईले नेपाली मिडियाको लागि अलगै टेष्ट ड्राइभको आयोजना गरेको थियो ।

चेन्नाई सहरदेखि पुदुचेरीसम्मको ११७ किलोमिटर लामो हाइवेमा क्रेटा ईभी टेष्ट ड्राइभ गरिएको थियो । लामो यात्रा गरेपछि क्रेटाको विषयमा हामीलाई लागेको केही कुरा यहाँ प्रस्तुत गरेका छौं ।

ड्राइभिङ अनुभव

क्रेटा साँच्चै इलेक्ट्रीक एसयूभीको फिल दिन सक्षम छ । मोटर पावर र पर्फमेन्सका हिसावले सेग्मेन्टमा उपलब्ध कुनै पनि मोडललाई टक्कर दिन सक्नेगरी तयार भएको हामीले पायौं । स्मुद ड्राइभिङ, चालकमैत्री बटमहरुको प्रयोगले चालकले ईभीमा अलगै अनुभव प्रदान गर्छ ।

आठ तरिकाले मिलाउन मिल्ने ड्राइभिङ सिट, भ्यान्टीलेटेडसँगै वेलकम र मेरोरी सिट भएको कारण हुन्डाईको गाडीमा यसले अलगै अनुभव गराउन सक्षम हुनेछ ।

एउटा कारभन्दा फरक तरिकाले सोचेर अफिस कन्सेप्टमा तयार भएको क्रेटा ईभी चलाउँदा यसअघिको कोना र आयोनीक-५को झल्को आउँछ नै ।

ग्राउन्ड क्लियरेन्समा अब्बल

हुन्डाईले क्रेटा ईभीलाई रेगुलर पेट्रोल मोडलभन्दा पनि अग्लो बनाएको छ । कम्पनीले रेगुलर क्रेटामा १९० एमएम ग्राउन्ड क्लियरेन्स दिएको थियो । ईभी भर्सनमा २०० एमएम पाउन सकिन्छ ।

टेक फिचर

विद्युतीय कार भन्ने वित्तिकै टेक फिचरको लामो लिष्ट रहेको पाइन्छ । यसमा हुन्डाईले पनि राम्रो काम गरेको छ । एडास फिचरदेखि मेमोरी सिटसम्मका फिचर लोडेड भएर क्रेटा ईभी आएको छ ।

रेन्ज

हामीले ११७ किलोमिटर यात्रा गर्दा २४ प्रतिशत ब्याट्री खर्च गरेका थियौं । हुन्डाईले भारतमा उत्पादन गरेको पहिलो क्रेटा ईभीमा कोरियन कम्पनी एलजी इनर्जी सोलुसनले बनाएको ब्याट्री प्रयोग गरेको छ । एलजी विश्वको तेस्रो ठूलो हाइ भोल्टेज ब्याट्री उत्पादक कम्पनी हो ।

टेष्ट ड्राइभमा प्रयोग भएको क्रेटामा ५१.४ किलोवाट आवरको ब्याट्री थियो । कम्पनीले यसलाई ४२ किलोवाट आवरको ब्याट्रीमा पनि उपलब्ध गराउने छ ।


Back_to_top