कोरियाको पहिलो इलेक्ट्रीक पीकअप ‘मुसो’, रेन्ज ४६० किमी

काठमाडौं । दक्षिण कोरियाली कार ब्राण्ड केजी मोविलिटी (यसअघिको साङयोङ) ले पहिलो इलेक्ट्रीक पीकअप तयार पारेको छ । केजी मोविलिटीले यसअघि साङयोङले उत्पादन गर्दै आएको मुसो पीकअपकै नामलाई निरन्तरता दिदै ‘मुसो ईभी’ नाम दिएर ल्याउने भएको हो ।

कोरियन कार जाइन्टको नामले परिचिति हुन्डाई र कियालाई पछाडि पार्दै केजी मोविलिटीले पहिलो इलेक्ट्रीक पीकअप बजारमा ल्याउने भएको हो । कम्पनीले प्योर इलेक्ट्री प्लेटफर्ममा तयार पारेको मुसो इलेक्ट्रीक पीकअपमा १४० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ ।

निकै मोर्डन डिजाइनमा तयार भएको इलेक्ट्रीक पीकअपमा ७३.४ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

सुरुमै राइट ह्याण्ड ड्राइभ मोडलको रुपमा बजारमा ल्याउन लागेको मुसो इलेक्ट्रीक पीकअपको बिक्री अष्ट्रेलिया र बेलायतबाट सुरु गर्ने योजना कम्पनीले बनाएको छ । केजी मोविलिटीले अहिलेसम्म मुसो इलेक्ट्रीक पीकअपको कुनै पनि इन्टेरियर तस्बिर बाहिर ल्याएको छैन ।


Back_to_top