नेपालमा लोकप्रिय यामाहा आर १५ ले पूरा गर्यो १० लाख युनिटको माइलस्टोन

काठमाडौं । यामाहाको चर्चित इन्ट्रिलेवल फुल फियर्ड मोटरसाइकल आर १५ को १० लाख युनिटको माइलस्टोन पूरा भएको छ । कम्पनीले उत्पादन सुरू भएको १७ वर्षमा १० लाखको माइलेस्टोन पूरा गरेको हो ।

यामाहाले पहिलो पटक २००८ मा आर १५ को उत्पादन सुरू गरेको थियो । यामाहाले भारतमा उत्पादन गरेको यामाहा आर १५ भारतमै सबैभन्दा धेरै बिक्री हुँदै आएको छ ।

नेपाली बजारमा समेत आर १५ निकै चर्चित मोटरसाइकल हो । यसको सबै भेरियन्ट नेपालमा रुचाइएको मोटरसाइकलमा पर्छ ।

सुरूमा नेपाल आउँदा आर १५ को मूल्य २ लाख ८० हजार रुपैयाँ थियो । पहिलो जेनेरेशन मोडल करिब ३ वर्ष बिक्री भएपछि थप भर्सन आउन थालेको हो । अहिले यसको चौथो भर्सन बजारमा बिक्री हुँदै आएको छ । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले यसको एम सिरिज समेत नेपाल ल्याएर बिक्री गर्दै आएको छ ।

निकै सानो १५५ सीसी क्षमताको इन्जिन दिइएको आर १५ एम मोडलको मूल्य ६ लाख ४४ हजार ९०० निर्धारण गरेर बिक्री गर्दै आएको छ भने आर १५ भी फोरको मूल्य ६ लाख १५ हजार ९०० रुपैयाँ तोकिएको छ ।

यामाहा आर १५ भी फोरमा १५५ सीसी क्षमताको लिक्वीड कुल्ड इन्जिन उपलब्ध छ । उक्त इन्जिनले अधिकत १८.४ पीएस पावर र १४।२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।

विशेषगरी स्पोर्ट बाइक भएकै कारण यसमा अन्य प्रिमियम स्पोर्टस् बाइकमा जस्तै फिचरहरू पाउन सकिन्छ । यूएसडी फर्क, क्वीक सिफ्टर, ट्रयाक्सन कन्ट्रोल, स्मार्ट कनेक्ट, एबीएस जस्ता फिचरले यसको मूल्यलाई महंगो बनाएको हो ।


Back_to_top