काठमाडौं । नेपाली बजारमा यसै साता दुई नयाँ मोटरसाइकल सार्वजनिक हुने भएको छ । बजाज र ट्रायम्फले नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएका हुन् ।
फेब्रुअरी १५ मा ट्रायम्फ र बजाजले मोटरसाइकल सार्वजनिक गर्ने तयारी थालेको हो ।
बजाज र ट्रायम्फ दुवै मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले बजाज एन २५० को अपडेटेड भर्सन र ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्सको नयाँ कलरमा सार्वजनिक गर्ने भएको हो ।
बजाजले केही दिन अघि एक टिजर सार्वजनिक गर्दै नयाँ मोटरसाइकल ल्याउने बताएको थियो । कम्पनीले सार्वजनिक गरेको टिजरमा यूएसडी सस्पेन्सन सहितको पल्सन एन २५० देख्न सकिन्छ । यसमा यूएसडी फर्कका अलावा एबीएस मोड तथा डिजिटल कन्सोलसमेत अपग्रेड हुने अनुमान गर्न सकिन्छ । पल्सर एन २५० को नयाँ कलर अप्सन समेत नेपाली बजारमा उपलब्ध हुनेछ ।
बजाज पल्सर एन २५० मा २४९ सीसी सिगंल सिलिण्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयल कुल्ड, एफआइ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८७५० आरपीएममा २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकलमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

त्यस्तै, ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स भने नयाँ कलरमा आउने छ । यसमा अन्य कुनै मेकानिकल परिर्वतन नहुने कम्पनीले बताएको छ । ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्सको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।
ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्समा ३९८ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ, सिंगल सिलिण्डर इन्जिन छ । यो इन्जिनले ४० हर्षपावर तथा ३७।५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।
यसमा ट्रयाक्सन कन्ट्रोल, स्लीपर क्लच, राइड वाइ वायर जस्ता अत्याधुनिक फिचरहरू छन् ।

त्यसैगरी, ड्युल च्यानल एबीएस, यूएसडी÷मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट, एलईडी लाइट्स, हिटेड ग्रीप, अलोय ह्वील जस्ता फिचर छन् ।

