नेक्स्ट जेनेरेशन हुन्डाई क्रेटा स्ट्रङ हाइब्रिड पावरट्रेनमा आउँदै

काठमाडौं । गत वर्ष जनवरीमा सेकेण्ड जेनेरेशन फेसलिफ्ट क्रेटा लन्च गरेको हुन्डाईले क्रेटाको तेस्रो जेनेरेशन मोडलमा काम गर्न थालिसकेको छ । कम्पनीले सन् २०२७ मा नयाँ जेनेरेशन क्रेटा लन्च गर्ने योजना बनाएको हो ।

भारत तथा नेपाली बजारमा कम्प्याक्ट मिडसाइज एसयूभी सेग्मेन्टमा एकछत्र राज गरिरहेको हुन्डाई क्रेटाले तेस्राे जेनेरेशन क्रेटाको प्रडक्सन कोडनेम एसएक्सथ्री राखिएको छ । भारतको तामिनाडुमा रहेको हुन्डाईको प्लाण्टमा उत्पादन हुने नयाँ क्रेटामा आधुनिक पावरट्रेनका सबै अप्सन रहने छ ।

नयाँ जेनेरेशन क्रेटामा पनि ११५ हर्सपावर भएको १.५ लिटर पेट्रोल, १६० हर्सपावर भएको १.५ टर्बो पेट्रोल तथा ११६ हर्सपावर भएको १.५ लिटरको डिजल इन्जिनको साथमा म्यानुअल र अटोमेटिक ट्रास्मिसन रहने छ ।

नयाँ जेनेरेशन क्रेटामा हुन्डाईले स्ट्रङ हाइब्रिड पावरट्रेन समेत ल्याउने सम्भावना रहेको छ । नयाँ जेनेरेशन क्रेटामा हालै मात्र लन्च भएको इलेक्ट्रीक अप्सन  समेत कन्टिन्यु हुनेछ । तर ईभीमा भने एक पटक मिडलाइफ फेसलिफ्ट हुने सम्भावना बढिरहेको छ ।

नयाँ जेनेरेशन क्रेटामा क्याबिन फिचर तथा  टेक र सुरक्षा फिचरहरू थपिनेछ । त्यस्तै, इलेक्ट्रीक क्रेटामा अहिलेकोभन्दा राम्रो ब्याट्री मेनेजमेन्ट सफ्टवेर तथा ठूलो साइजको ब्याट्री आउने भएकोले रेन्ज समेत उल्लेखनीय रूपमा बढ्नेछ ।


Back_to_top