भेस्पा र अप्रिलियाको एक्सचेन्ज अफर, १० हजार बोनसदेखि आर्कषक उपहारसम्म

काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागी आधिकारिक बितरक डि. लाइफस्टाईल्सले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । यो एक्सचेन्ज अफर आजदेखि सुरु भएर माघ ११ गतेसम्म जावलाखेलमा हरेक दिन बिहान ९ः३० बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुनेछ  । 

यो योजनामा ग्राहकले कुनै पनि कम्पनीको जस्तोसुकै बाइक तथा स्कुटरको न्यूनतम मूल्य २५ हजार रुपैयाँ मूल्यका साथै नगद १० हजार रुपैयाँ बोनस पाउन सक्नेछन् । ग्राहकले एक्सचेन्ज स्पटमै सहजरुपमा फाईनान्सको सेवासमेत प्राप्त गर्न सक्नेछन् । हरेक एक्स्चेन्जमा कम्पनीले ग्राहकलाई एसोसरिज तथा आर्कषक उपहारहरु प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत दुई जना भाग्यशाली बिजेताले बाली ट्रिप जित्न सक्नेछन् । 


Back_to_top