महिन्द्राका दुई इलेक्ट्रीक एसयूभी एकै दिन ३० हजार बढी बुकिङ

काठमाडौं । महिन्द्राले गत शुक्रबार एक्सईभी–९ ई र बीई–६ एसयूभीको बुकिङ खुलाएको थियो । दुबै एसयूभी मिलाएर एकै दिन ३० हजार १७९ युनिट बुकिङ भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कुल बुकिङ मध्ये एक्सईभी–९ ईको बुकिङ ५६ प्रतिशत र बीई–६ को ४४ प्रतिशत रहेको कम्पनीले जनाएको छ । महिन्द्राले वर्न इलेक्ट्रीक प्लेटफर्म इनग्लोमा बनेका दुबै एसयूभी फेब्रुअरी १४ तारिखमा बुकिङ खुलाइएको थियो ।

महिन्द्राले बीई ६ र एक्सयूभी ९ ईमा समान साइजका दुई ब्याट्री प्याक प्रयोग गरिएको छ । कम्पनीले ५९ किलोवाट आवर र ७९ किलोवाट आवरका ब्याट्री प्याक दिएको हो ।

महिन्द्राका अनुसार यो ब्याट्री जम्मा २० मिनेटमा २० बाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ दुबै अप्सनमा आउने महिन्द्राका यी दुबै एसयूभीमा फरक ड्राइभ मोड, सेमी एक्टिभ सस्पेन्सन सिस्टम तथा ब्रेक बाई वायर टेक्नलोजी उपलब्ध छ ।


Back_to_top