बीवाइडीका ईभी २० प्रतिशत डाउन पेमेन्टमै किन्न सकिने

काठमाडौं । पोखरामा जारी ‘वाडा अटो शो २०२५’ मा बीवाइडीका ईभी २० प्रतिशत डाउन पेमेन्टमै खरिद गर्न सकिने भएको छ ।

बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो ईभी खरिद गर्नेलाई ८० प्रतिशत फाइनान्स सुविधा उपलब्ध गराउने भएको हो ।

कम्पनीका अनुसार बीवाइडी डल्फिन, एट्टो ३ र एम ६ मोडलका कार खरिद गर्न २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्नेछ ।

साथै, कम्पनीले वाडा अटो शोमा सवारी साधन किन्ने ग्राहकलाई सीमित अवधिका लागि एक्सक्लुसिभ अफरहरू समेत दिने भएको छ ।

कम्पनीले आफ्ना ईभीहरूमा १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी, १ वर्ष  फ्री इन्स्योरेन्स , १ वर्षको रोड ट्याक्स कभरेज, आकर्षक नगद छुट, फ्री एसेसरिज, फ्री  होम चार्जर जस्ता सुविधाहरू उपलब्ध गराउने छ ।

वाडा अटो शो २०२५ का अवलोकनकर्ताले बीवाइडीका अत्याधुनिक ईभीका साथै पछिल्लो समयमा भएका इनोभेसन तथा यसका लागि आवश्यक फाइनान्सिङ र सर्भिसका बारेमा समेत आवश्यक जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।


Back_to_top