काठमाडौं । पर्यटकीय राजधानी पोखरामा टाटाका दुई नयाँ ईभी सार्वजनिक गरिएको छ ।
पोखरामा आयोजित ‘वाडा अटो शो–२०२५’ मा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटाका कर्भ र्ईभी र नेक्सन के ३ ईभी सार्वजनिक गरेको हो ।
पोखरा महानगर प्रमुख धनराज आचार्य, सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ, सीओओ राजेश प्रसाद गीरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्स कन्ट्री म्यानेजर प्रसन्न रङ्गनाथन लगायतले संयुक्त रूपमा नयाँ ईभीहरू सार्वजनिक गरेका हुन् ।
टाटा नेक्सन के ३ ईभीमा १९० एमएम ग्राउण्ड क्लियरेन्स, ६ एयरब्याग, ३६०–डिग्री क्यामेरा, १२–इन्च टचस्क्रीन जस्ता फिचर छन् । यसको सुरुवाती मूल्य ४८.९९ लाख रुपैयाँ तोकिएको छ ।
त्यस्तै, कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । ५०० लिटरको बुटस्पेस र १८६ एमएमको ग्राउण्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिनेछ । जसको टप भेरियन्टको मूल्य ५६.९९ लाख रुपैयाँ रहेको छ ।
यसमा एडिएएस लेभल २ को क्षमता रहेको छ । जसमा ६ वटा एयरब्याग, अल–ह्वील डिस्कब्रेक, अटोहोल्ड, हिलस्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आइ-भीबीएससहितको ईएसपी रहेको कर्भ र्ईभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ ।
कर्भ ईभीमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टच स्क्रीन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस-असिस्टेड पानोरामिक सनरूफ, एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिटजस्ता फिचर छन् ।
इच्छुक ग्राहकहरूले जारी वाडा अटो शो को स्टल नम्बर (ए३) मा टाटाका कर्भ र्ईभी र नेक्सन के ३ ईभी अवलोकनका साथै बुकिङ गर्न सक्ने छन् ।

