पोखरामा ओमोडा/जेकोका कार किन्नेले ५.१५ लाख छुट पाउने

पोखरा । पोखरामा बुधबारदेखि सुरू भएको वाडा अटो शो २०२५ मा जेकोरओमोडाका एसयूभी खरिद गर्नेहरूले आकर्षक अफर पाउने भएका छन् ।

जेकोरओमोडाको पोखराको आधिकारिक डिलर एलिट मोटर्सले जेकोरओमोडा कारमा नगद ५ लाख १५ हजार रुपैयाँसम्मको छुट अफर ल्याएको हो ।

यसमा नगद छुट, आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा, साथै ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी समावेश छन् ।

त्यसैगरी, ग्राहकहरूले निःशुल्क ७ किलोवाट वाल चार्जर पाउने छन् भने एक वर्षको सडक कर कम्पनीले नै तिरिदिनेछ ।

एलिट मोटर्सले पोखरामा ओमोडा ई ५ र जेको जे ६ अफरोड एसयूभी बिक्री गर्दै आएको छ ।

ओमोडा ई ५ मा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसमा ६१ किलोवाट आवरको ब्लेडब्याट्री उपलब्ध छ । यसले सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

यसको सूरुवाती मूल्य ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, जेको जे ६ मा १३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ । यसमा भएको ६५।६९ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४०० किलोमिटर बढी रेन्ज दिन्छ ।


Back_to_top