पोखरा । पोखरामा सुरू भएको वाडा अटो शो २०२५ मा लिपमोटरले ‘वाडा मा नाडा अफर’ ल्याएको छ । लिपमोटरको पोखराका लागि आधिकारिक डिलर बराल ग्रुप अन्तर्गतको एसएसएल मोटर्सले उक्त अफर घोषणा गरेको हो ।कम्पनीले ल्याएको यो स्कीम अनुसार २० प्रतिशत डाउन पेमेन्टमै लिपमोटरका कारहरू किन्न सकिने छ । साथै, कम्पनीले गाडी खरिद गर्ने ग्राहकलाई ७ किलोवाटको चार्जर र १ वर्षको सडक कर निःशुल्क उपलब्ध गराउने छ ।
यो अफर वाडा अटो शो २०२५ अवधिभर (चैत १७ गतेसम्म) लागू हुने कम्पनीले जनाएको छ ।
एसएसएल मोटर्सले पोखरामा लिपमोटरको टी ०३ ह्याचब्याक र सी १० एसयूभी बिक्री गर्दै आएको छ ।
लिपमोटर टी ०३ मा ७० किलोवाट क्षमातको मोटर र ३७ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ । यसले एकपटकको फुलचार्जमा करिब २७० किलोमिटरसम्म रेन्ज दिन्छ । यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, लिप मोटरमा १६० किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ । उक्त मोटरले २१५ हर्स पावर र ३२० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । लिप मोटर सी-१० को टप स्पीड क्षमता १७० किलोमिटर प्रतिघण्टा छ । यसमा ६९.९ किलोवाट अवारको लिथियम आयोन फस्फेट ब्याट्रीप्याक छ ।
पीटीसी हिटिङ तथा लिक्वीड कुलिङ सहितको उक्त ब्याट्रीले एकपटकको फुल चार्जमा ४२० किलोमिटरसम्म रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
लिपमोटर सी १० एसयूभीको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

