काठमाडौं । नेपालीमा उपलब्ध ईभी मध्ये सबैभन्दा धेरै ग्राउण्ड क्लियरेन्स भएको इलेक्ट्रीक एसयूभी एलईभी ०१ खरिद गर्दा ३ लाख रुपैयाँ बराबरको छुट पाइने भएको छ ।
नेपालका लागि एलईभीको आधिकारिक बिक्रेता नेक्सन भेन्चर्सले पोखरामा जारी वाडा अटोशो २०२५ मा एलईभी ०१ खरिद ३ लाख रुपैयाँ बराबरको छुट दिने घोषणा गरेको हो ।
कम्पनीका अनुसार वाडा अटोशोमा एलईभी ०१ खरिद गर्नेले १ वर्षको अटोप्लस इन्स्योरेन्स, एक्सचेन्ज बोनस, लोयल्टी बोनस, ७ किलोवाटको होम चार्जरका साथै स्पेशल नगद छुट समेत पाउने छन् ।
नेपाली बजारमा एलएस अटोको एलईभी ०१ एसई र सीई गरी दुई भेरियन्टमा उपलब्ध छ । ६७.१ किलोवाट आवरको ब्याट्रीप्याक रहेको यो ईभीमा ९९ किलोवाटको मोटर रहेको छ । यसलाई एकपटकको फुलचार्जमा ५०० किलोमिटरको रेन्ज पाउन सकिने कम्पनीको दाबी छ ।

एलईभी ०१ मा पानारोमिक सनरुफ, वायरलेस मोवाइल चार्जर, इलेक्टीक टेलगेट, ३६० डिग्री क्यामरा, लेवल २ एडास सिस्टम, टचस्क्रीन इन्फोटेन्मेन्ट डिस्प्ले, हिल होल्ड असिस्ट, मल्टिफड्सनल स्टेरिड ह्वील, पावर्ड फ्रन्टसिट आदि फिचर रहेको छ ।
एलईभी ०१ को लम्बाइ ४६४० एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५५ एमएमको रहेको छ । यो एसयूभीमा २७६० एमएमको ह्वीलबेस रहेको छ । कम्पनीले एलईभी ०१ इलेक्टीक एसयूभीमा १९ इन्चको अलोय ह्वील र २१० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिएको छ ।

एलईभी ०१ को सीई भेरियन्टको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ र एसई भेरियन्टको ६९ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

