जुनसुकै पुराना मोटरसाइकलसँग ट्रायम्फ स्पीड ४०० र स्क्रयाम्बलर साट्न सकिने

काठमाडौं । नेपाली बजारमा छोटो समयमै निकै चर्चा कमाउन सफल ट्रायम्फ ब्राण्डले आफ्नो दुई मोडलको मोटरसाइकलमा एक्सचेन्ज क्याम्प सुरू गर्ने भएको छ ।

नेपालका लागि ट्रायम्फ मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले चैत १९ देखि २४ गतेसम्म एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको हो ।

६ दिनसम्म चल्ने उक्त एक्सचेन्ज क्याम्प नक्सालस्थित बाइकर्स क्याफेमा संचालन हुनेछ ।

कम्पनीका अनुसार उक्त एक्सचेन्ज क्याम्पमा ग्राहकले आफूसँग भएको पुरानो जुनसुकै ब्राण्डको दुईपाङग्रे साधनसँग ट्रायम्फको स्पीड ४०० र स्क्रयाम्बलर ४०० एक्स मोटरसाइकल एक्स्चेन्ज गर्न सक्ने छन् ।

साथै, ग्राहकले स्पोट एक्स्चेन्ज सुविधा, टेस्ट राइड, आकर्षक एक्स्ट्रा भ्यालुयसन र इजी फाइनान्स सुविधा पाउने कम्पनीले जनाएको छ । यसका अलावा कम्पनीले मोटरसाइकल खरिद गर्ने प्रत्येक ग्राहकलाई फ्रीमा एरो कम्पनीको हेल्मेट समेत दिनेछ ।


Back_to_top