निसानको नयाँ जेनेरेशनको माइक्रा र लिफ ईभी यसै वर्ष लन्च हुने

काठमाडौं । जापनी अटोमोबाइल कम्पनी निसानले ह्याचब्याक कार माइक्रा र लिफको ईभीको नयाँ डिजाइन सार्वजनिक गरेको छ ।

प्रडक्सन स्पेकमा रहेका यी दुवै भेहिकल यसै वर्षको अन्त्यसम्ममा युरोपियन बजारमा लन्च हुनेछ । निसानले लिफ ईभी सन् २०१० बाटै उत्पादन सुरू थियो ।

कम्पनीले लिफको सन् २०१७ पछि कुनै नयाँ जेनेरेशन मोडल ल्याएको छैन । अब भने कम्पनीले लिफको तेस्रो जेनेरेशन भर्सन ल्याउने संकेत गरेको हो ।

निसान माइक्रा ईभी

निसानको स्मल ह्याचब्याक माइक्राको पाँचौँ जेनेरेशन मोडल आउने भएका हो । अहिलेसम्म आईस इन्जिनमा मात्र उपलब्ध माइक्रा नयाँ जेनेरेशन मोडलसँगै पहिलो पटक इलेक्ट्रीक भर्सनमा आउने भएको हो ।

निसानले केही समय अगाडि नै ईभीको कन्सेप्ट सार्वजनिक गर्दा माइक्रा समेत रहेको थियो  । यसमा सर्कुलर एलईडी डीआरएल, होरिजेन्टल बार जस्तो देखिने एलईडी हेडलाइट युनिट रहेको छ । निसानले यसलाई पप्पी डग हेडलाइट नाम दिएको छ । माइक्रा ईभीमा फ्ल्याट बनेट तथा क्रसओभरमा जस्तै ग्लस व्ल्याक कलरको बडि क्लाइडीङ रहेको छ ।

यसको रुफमा सार्कफिन एन्टेना तथा फ्लोटिङ रुफ रहेको देखिन्छ । सीएमएफ बीईभी प्ल्याटफर्ममा बनेको नयाँ माइक्रामा ४० तथा ५२ किलोवाट आवरको ब्याट्रीप्याकको अप्सन रहेको छ । यो कारको रेन्ज ४०० किलोमिटर हुने कम्पनीले दाबी गरेको छ ।

न्यू निसान लिफ

तेस्रो जेनेरेशनको निसान लिफ स्लोपि रुफलाइनसहित क्रसओभर एसयूभी डिजाइनमा रहेको देखिन्छ । यो ईभी ०.२५ ड्रयाग कोफिसियन्ट सहित एरोडाएनामिक्स डिजाइनमा रहेको छ । जसका कारण यसको प्रफर्मेन्स र रेन्ज अत्याधिक पाउन सकिनेछ ।

यो ईभीको फ्रन्टमा इलुमिनेटेड निसान लोगो, फुलविथ एलईडी डीआरएल लाइटबार र बुमर्याङ सेपको हेडलाइट डिजाइन रहेको छ । यो ईभीको चार्जिङ पोर्ट राइट साइडको फ्रन्ट क्वाटर प्यानलमा रहेको छ ।

तेस्रो जेनेरेशनको निसान लिफ निसान आरिया जस्तै सीएमइएफ ईभी प्ल्याटफर्ममा बनेको हो । निसान लिफको स्पेसिफिकेसन सार्वजनिक नभए पनि यो ईभीमा ६०० किलोमिटर रेन्ज दिने व्याट्रीप्याक रहनेछ ।

निसान लिफको नयाँ जेनेरेशन निसानको यूकेमा रहेको सण्डरल्याण्ड प्लाण्टमा उत्पादन हुनेछ भने नयाँ माइक्रा भने रेनोको प्लाण्टमा उत्पादन हुनेछ ।


Back_to_top