भारतमा उत्पादन भयो १५ लाख हुन्डाई क्रेटा, बन्न थाल्यो नेपालमा

काठमाडौं । हुन्डाई मोटर्स इण्डियाले आफ्नो मिडसाइज कम्प्याक एसयूभी क्रेटाको उत्पादन १५ लाख युनिट पूरा गरेको छ । कम्पनीले भारतमा बनाएको १५ लाख युनिट क्रेटा स्थानीय बजार र केही अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेको हो ।

हुन्डाईले आफ्नो सर्वाधिक सफल क्रेटा भारतमा १२ लाख र त्यहाँबाट निर्यात ३ लाख युनिट गरेको हो । क्रेटा अहिले पनि भारतमा ‘बेस्ट सेलिङ मिड साइज एसयूभी’ हो ।

सन् २०२५ को पहिलो क्वाटरमा ५२ हजार ८९८ युनिट क्रेटा बिक्री भएको छ । जनवरी तेस्रो साता मात्रै क्रेटा इलेक्ट्रीक भर्सनमा पनि हुन्डाईले ल्याएको थियो । उक्त इलेक्ट्रीक क्रेटा नेपालमा पनि उपलब्ध हुन थालिसकेको छ ।

हुन्डाई क्रेटामा १.५ लिटर ४ सिलिण्डर पेट्रोल, १.५ लिटर पेट्रोल र डिजेल टर्बो इन्जिनमा उपलब्ध छ । त्यस्तै इलेक्ट्रीक क्रेटामा ९९ र १२६ किलोवाटको मोटर पाउन सकिन्छ । ईभी भर्सन ४२ र ५१.४ किलोवाट आवरको एनसीएम ब्याट्रीप्याक रहेको छ ।

भारतीय बजारमा क्रेटा सन् २०१५ को जुलाइबाट बिक्री सुरू भएको थियो । कम्पनीले पहिलो जेनेरेशन क्रेटाको अपडेट भर्सन सन् २०१८ गरेको थियो । क्रेटाको सेकेन्ड जेनेरेशसन मोडल इण्डियामा फेब्रुअरी २०२० मा भएको थियो ।

क्रेटाको दोस्रो जेनेरेशनको फेसलिफ्ट मोडल जनवरी २०२४ मा अनभिल गरेको थियो । अपडेटेड क्रेटामा रि-डिजाइन फेसियाको साथ आएको हो । यसको फ्रन्ट र रियरमा फुलविथ एलइडी लाइटबार, इन्टेरियरमा १०.२५ इन्चको टचस्क्रीन र १९ थरी फिचर भएको लेबल २ एड्भान्स ड्राइभर असिस्ट सिस्टम रहेको छ ।

निकै सफल क्रेटा अहिले नेपालमा पनि एसेम्बल सुरू भएको छ । दुई साता अगाडि कम्पनीले ‘मेड इन नेपाल’ हुन्डाई क्रेटाको बिक्री सुरू गरेको हो ।


Back_to_top