काठमाडौं । क्रसफायरको नयाँ मोटरसाइकल सार्वजनिक भएको छ । कम्पनीले क्रसफायर आरएमजेड २५० को दुई भर्सन नेपाली बजारमा सार्वजनिक गरेको हो ।
कम्पनीले आरएमजेड २५० मोटार्ड र एन्ड्युरो गरि दुई भर्सन सार्वजनिक गरेको हो ।
क्रसफायरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी क्लासिक ह्वील इम्पोर्ट तथा एक्स्पोर्टले ८ लाख ५९ हजार मूल्य तोकेर आरएमजेडको बिक्री सुरू गरेको छ ।
कम्पनीले नेपाल ल्याएको अल न्यू आरएमजेड २५० मा विभिन्न फिचरहरू अपडेट भएर आएको छ । हालसम्म नेपालमा उपलब्ध सबै क्रसफायर मोटरसाइकलमा कार्बुरेटर इन्जिन रहेकोमा नयाँ आरएमजेडमा एफआई इन्जिन उपलब्ध छ ।

त्यसैगरि कम्पनीले ग्राफिक्समा व्यापक परिर्वतन गरेको छ । त्यस्तै, यसमा ९ लिटर क्षमताको इन्धन ट्याङ्क दिइएको छ । यसअघि नेपाल आउने क्रसफायर मोटरसाइकलमा ६ लिटर क्षमाताको ट्याङ्क उपलब्ध रहँदै आएको थियो । यसका साथै नयाँ माेटरसाइकलमा एडजष्टेवल फ्रन्ट सस्पेन्सन, रियरमा मोनोशक सस्पेन्सन, नयाँ स्वीच, वाइडर टायर, नयाँ डिस्क प्याड, नयाँ एलइडी लाइडी, एलइडी इन्डिकेटर, फुल डिजिटल मिटर जस्ता फिचर पाउन सकिन्छ ।
क्रसफायर आरएमजेड २५० मा २४८.४ सीसी, सिंगल सिलिन्डर, फोर भल्भ इन्जिन रहेको छ । यो इन्जिनले ३२ पीए पावरका साथै, २६.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।


