५१ लाख ९६ हजारमा नै किन्न सकिन्छ हुन्डाई कोना इलेक्ट्रीक, यस्ता छन् फिचर

काठमाडौं । हुन्डाई मोटरको पछिल्लो उत्पादन हुन्डाई कोना इलेक्ट्रीक आक्रमक मूल्यसहित बजारमा आएको छ ।

हुन्डाईको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालि नयाँ इलेक्ट्रीक कार कोनाको आक्रमक मूल्य सार्वजनिक गरेको हो । इलेक्ट्रीक गाडी प्रति सरकारले नै बढवा दिईरहेको समयमा आएको हुन्डाईको फिचर प्याक एसयूभीले उत्कृष्ट बजार दिने अनुमान गरिएको छ ।

चार कलर भेरियन्टमा नेपाली बजारमा उपलब्ध कोना ईभी पल्स रेड, चक ह्वाईट, सेरामिक व्ल्यू र डार्क नाइट ग्रे कलरमा उपलब्ध रहेको छ ।

नेपाली बजारमा ३९ किलोवाट ब्याट्री प्याकमा उपलब्ध भएको कोना इभीले एक पटकको फूल चार्जमा ३०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्नेछ ।

यसमा लगाइएको मोटरले १३५ पीएस पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यसले ९.७ सेकेन्डमा ०–१०० किलोमिटर प्रति घन्टाको स्पीड लिन सक्छ। यसको टप स्पिड  १५५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसमा प्रयोग भएको लिथीयम–आएन ब्याट्रीलाई १०० किलोवाट डीसी फास्ट चार्जर प्रयोग गरि ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सक्छ ।  साथै स्ट्यान्डर्ड एसी चार्जरबाट ६ घन्टा १० मिनेटमा फूल चार्ज गर्न सकिन्छ ।

क्याबीनमा डिजिटल ड्याशबोर्ड राखिएको छ । कम्पनीका अनुसार व्याट्री प्याक एसयूभी प्लटफर्ममा आधारित छ जसले इन्टेरियरको स्पेशमा कुनै कम्प्रमाईज गरिएको छैन ।

कोना इभीमा हेड-अप डिस्प्ले, ७.० इन्च इन्फोटेनमेन्ट टचस्क्रिन तथा हिटेड फ्रन्ट सिट जसमा भेन्टिलेट र एटवे इलेक्ट्रीकल एड्जस्टेव सुविधा रहेको छ ।

यो मोडलमा सुरक्षाका लागि एडेप्टीप क्रुइज कन्ट्रोल, लेन सेन्ट्रिङ सिस्टम, रियर क्रस–ट्राफिक अलर्ट तथा  अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम पनि दिइएको छ ।


Back_to_top