काठमाडौं । बजाज पल्सर एन १२५ नेपाल भित्रिएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशच चन्द एण्ड कम्पनीले पल्सर एन १२५ नेपाल ल्याएको हो ।
यसै सातादेखि नेपाली बजारमा एन १२५ को बिक्री सुरू गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । बजाजका केही डिलरहरुले एन १२५ को बुकिङ लिन समेत सुरू गरिसकेका छन् ।
पल्सर एन १२५ को मूल्य २ लाख ९७ हजार रुपैयाँ हाराहारी हुने अनुमान गरिएको छ । यो मोटरसाइकले टीभीएस रेडर १२५ र हिरो एक्स्ट्रीम १२५ लाई कडा टक्कर दिने देखिन्छ ।
पल्सर एन सिरिजको सबैभन्दा सानो मोटरसाइकल एन १२५ मा १२४.५९ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड, बीएस ६ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार ५०० आरपीएममा १२ पीएस पावर र ७००० आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।
यस मोटरसाइकलको अगाडि कभर सहितको आरएसयू टेलीस्कोपीक फर्क र पछाडि प्रिलोड एड्जस्टेबल मोनोसक सस्पेन्सन सेटअप दिइएको छ । साथै, एन १२५ मोटरसाइकलको अगाडि डिस्क र पछाडि ड्रम ब्रेक पाउन सकिन्छ ।
बजाजले यसमा १७ इन्चको अलोय ह्वील दिएको छ । यसको तौल १२५ किलोग्राम, सिट हाइट ७९५ एमएम र ग्राउन्ड क्लियरेन्स १९८ एमएम छ ।
पल्सर एन १२५ मा एग्रेसीभ डिजाइन, मस्कुलर ट्यांक, आकर्षक हेडलाइट डिजाइन, स्ट्यान्ड आउट इलेमेन्ट्स र स्प्लीट सिट डिजाइनमा छ । एलईडी लाइट, जेड आकारको एलईडी डीआरएल, एलईडी टेल लाइट, टर्न इन्डिकेटरमा हेलोजन बल्ब लाइट पाउन सकिन्छ ।
चालकको सहजताको लागि मोटरसाइकलमा यूएसबी चार्जिङ पोर्ट, अपराइट ह्यान्डलबार, सिंगल पिस पिलियन ग्रयाब रेल, चंकी टायर र ठूलो आकारको डिजिटल एलसीडी स्क्रीन दिइएको छ । उक्त स्क्रीनमा ब्लूटुथ कनेक्टिभिटी डिटेल्स, ट्रिप मिटर, स्पीडोमिटर, फ्युल गेज, टेकोमिटर, समय जस्ता सूचनाहरु हेर्न सकिन्छ ।


